राजावादीको निशानामा परेको घरमा आगो लाग्यो

0
33

झापा । राजावादीले गर्ने भएको सभा बिथोलिएको केहीबेरमा तीनकुनेको एक घरमा आगजनी भएको छ। शुरुमा राजावादी समूहले ढुङ्गा प्रहार गरी घरका सिसाहरू फुटाएका थिए। त्यसपछि आगजनी भएको हो।

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले घरभित्रबाट विभिन्न सामान निकालेर आगो लगाएका थिए । त्यहीबाट घरमा आगो लागेको हो ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट स्थानीयहरुको घरको झ्यालका सिसा फुटेर छियाछिया भएका छन् ।

प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
◾ थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दछरण्घरघद्दघण्टटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here