सुनसरी।
सुनसरीको इनरुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इनरुवा –६ दक्षिणकाली पेट्रोलपम्पस्थित पूर्व–पश्चिम राजमार्गमा बिराटनगरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ आउँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक सुनसरी हरिनगर –३ बस्ने ४६ वर्षीय महेशकुमार मेहता गम्भीर घाइते भई जिल्ला अस्पताल सुनसरी पु¥याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा पछाडी सवार सुनसरी देवानगंज –२ बस्ने अन्दाजी ५७ वर्षीय गुगली मेहता घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा त्यहाँबाट थप उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएकाो छ ।