सहारा नेपाल साकोस आर्थिक कारोबार नयाँ उचाइमाः १८ अर्बको वासलात, एक लाख ९० हजार सदस्य

0
59

चारपाने ।

झापाको चारपानेमा २०५२ सालमा स्थापना भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आर्थिक स्थायित्व र सामाजिक उत्तरदायित्वको नयाँ उचाइ हासिल गरेको छ ।

स्थापनाकालमा ३३ जना शेयर सदस्य र ३४ हजार रुपैयाँको शेयर पुँजीबाट शुरु भएको यो संस्थामा हाल १ लाख ९० हजार शेयर सदस्य पुगेका छन् । संस्थाले हालसम्म १ अरब ७० करोडको शेयर पुँजी, १ अरब ३० करोडको संस्थागत पुँजी, १३ अरब ७५ करोडको बचत सङ्कलन र ११ अरब ५० करोडको ऋण लगानी गरेको छ ।

महत्वपूर्ण उपलब्धिको रूपमा, संस्थाको बाह्य ऋण शून्य रहेको छ भने झण्डै १८ अरबको वासलात रहेको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सहारा नेपाल साकोसले आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता, लघु उद्यम प्रवद्र्धन, बीमा तथा विपन्न वर्गका लागि विशेष वित्तीय योजना जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रविधिमा आधारित डिजिटल बैङ्किङ सेवा, मोबाइल एप, अनलाइन भुक्तानी प्रणाली तथा सरल कर्जाको सुविधा उपलब्ध गराएर संस्थाले आधुनिक वित्तीय प्रविधिको सदुपयोग गर्दैछ ।

संस्थाले आगामी दिनमा ग्रामीण भेगका नागरिकलाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यका साथ शाखा विस्तार, सूक्ष्म वित्त कार्यक्रम तथा प्रविधिमा आधारित सेवाहरू थप सशक्त बनाउने योजना अघि सारेको छ । सहकारीको मूल्य, आदर्श र पारदर्शितालाई कायम राख्दै समाजमा वित्तीय सशक्तीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताइएको छ ।

३० वर्षको यात्रामा सहारा नेपाल साकोसले सहकारी क्षेत्रमा अनुकरणीय योगदान दिँदै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । आगामी दिनमा अझ प्रभावकारी सेवा र नवप्रवर्तन गर्दै संस्थाले अझ उचाइ हासिल गर्ने सञ्चालकहरुको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here