शान्ति सामुदायिक वनको अन्तरक्रियामा विविध विषय बारे छलफल

0
101

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सल्लाहकार समिति, लेखा समिति, समूह अन्र्तगतका टोल संयोजकहरुसँग समूहको विविध विषय बारे छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले बताए ।

कार्यक्रमबाट वन क्षेत्रमा ढलेको रुखहरुको संरक्षण गर्ने, समूहको ब्लक नं. ४मा पोखरी निर्माण गर्ने, विपन्न उपभोक्ताहरुलाई निःशुल्क काठ तथा दैलो वितरण गर्ने, समूहको कार्यालयमा ई–हाजिरीको व्यवस्थापन गर्नेलगायतका निर्णयहरु पारित भएको समूहका सचिव नरेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

समूहका अध्यक्ष कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका अध्यक्ष जीवकुमार भण्डारी, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगाल, बेलटार–गाँजाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, समूहका सल्लाहकार लीलानाथ खनाल, टोल नं. २का संयोजक सोमनाथ खतिवडा, टोल नं.५का संयोजक लक्ष्मीकान्त खनाललगायतले आफ्नो सुझावसहित जिज्ञासा राखेका थिए ।

त्यसैगरी कार्यक्रममा नगर सभा सदस्य प्रेम उपरकोटी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका सदस्य तुलसीप्रसाद खतिवडा, नेकपा एमालेका वडा कमिटीका अध्यक्ष हरि घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी नगरका उपाध्यक्ष खगेन्द्र पौडेल, लेखा समितिका संयोजक गोपालकृष्ण लामिछानेलगायतले प्रस्तुत विषयहरु माथि आफ्नो धारणा राखेका थिए ।

समूहका अध्यक्ष कोइरालाले कार्यक्रमको औचित्य माथि प्रकाश र उपाध्यक्ष लक्ष्मी कन्दङवाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेका थिए ।

यसैबीच सोही कार्यक्रममा विपन्न १५ जना उपभोक्तालाई ४० क्यूफिट काठ र पाँच जना उपभोक्तालाई दैलो निःशुल्क वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here