श्रीमान विदेशमा : देवर, देवरानी र नन्द मिलेर भाउजुको हत्या

0
213

योगेन्द्र योगी
बिराटनगर,

सुनसरीको धरान-६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पर्नेमा मृतकको देवर, देवरानी, नन्द र एक सहयोगी रहेका छन् ।

पक्राउ पर्ने अर्का व्यक्तिबारे भने प्रहरीले परिचय खुलाएको छैन । उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती मोरङ र झापाबाट पक्राउ गरेको हो। घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इटहरी उपमहानगरपालिका २, हलगडामा बसोबास गर्दै आएकी दाहाल बुढाथोकी गत सोमबार दिउसो पाँचकन्या सामुदायिक वनमा कम्मर मुनिको भागमा कपडा नभएको अवस्थामा मृत फेला परेकी थिईन्।

मृतक धनकुटाको महालक्ष्मी नगरपालिका १ का निवासी हुन्। हत्याराको पहिचान गर्न इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान अगाडी बढाएको थियो। हत्या कसले के उदेस्यको लागि गरेको हो भन्ने अनुसन्धान पछि मात्र सबै बाहिर आउने प्रहरीको भनाइ छ।

मृतककी श्रीमान प्रेम बुढाथोकी भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका छन् । प्रेम कोरिया गएको ५ बर्षपछि गत पुष महिनामा करिव एक महिना विदामा आएको र पुनः कोरिया नै फर्किएको पाईएको छ । मृतक करिव डेढ बर्षदेखि इटहरीको हलगडामा छोरासँग भाडामा बस्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम र घटना विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here