राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा कडरिया

0
117

शिवसताक्षी,

राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशन शनिबार शिवसताक्षी–६ स्थित जेष्ठ नागरिक भवनको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै पार्टीको आगामी कार्यदिशा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

निर्वाचन प्रक्रियाबाट चयन भएको नयाँ टिमको सभापतिमा गंगाराम कडरिया निर्वाचित भएका छन्। उपसभापतिमा गोमा अधिकारी खरेल, सचिवमा पूर्ण बहादुर लकान्द्री र सह–सचिवमा राधाकृष्ण घिमिरे तथा रमेश निर्वाचित भएका छन्।

त्यस्तै, सदस्य पदमा सावित्रा थापा, प्रेम कुमार अधिकारी, श्रीप्रसाद मैनाली, शिवकुमार मैनाली, गोपीनाथ गौतम, लतादेवी ढुङ्गेल र याम प्रकाश चेम्जोङ चयन भएको पार्टीका कोशी प्रदेश सदस्य शम्भु ढकाल सुस्केराले बताए।

नयाँ टिमलाई बधाई तथा शुभकामना दिँदै निवर्तमान अध्यक्ष तुलसीराम खनालको नेतृत्वमा क्रियाशील समितिले पार्टीलाई सशक्त बनाउन खेलेको भूमिकाको सराहना गरेका छन्। अधिवेशन शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रिया मार्फत सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here