बिर्तामोडमा बालबालिकाका लागि इन्डोर खेलकुद केन्द्र सञ्चालनमा

0
47

झापा, समाजमा दिनप्रतिदिन बढ्दो लागू औषध दुर्व्यसन तथा मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको अवस्थामा विर्तामोडमा एउटा सकारात्मक पहल सुरु भएको छ। विर्तामोडस्थित बिग ब्रदर व्याडमिन्टन हलले बालबालिकालाई लक्षित गरी विभिन्न इन्डोर खेलकुद गतिविधि सञ्चालनमा ल्याएको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै हल सञ्चालकहरूले विर्तामोडको महानन्द चौक नजिकै रहेको उक्त हलमा अब व्याडमिन्टनसँगै टेबल टेनिस, चेस, डार्ट, सुटिङ जस्ता खेलहरू सुरु गर्न लागिएको जनाएका छन्। सबै खेलहरू दक्ष प्रशिक्षकको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने जानकारी दिइयो।
एक जना बालक दुर्व्यसनमा फस्दा सिङ्गो परिवार प्रभावित हुन्छ,  पत्रकार सम्मेलन भनियो, त्यसैले उनीहरूको खाली समयलाई सकारात्मक दिशामा लग्नुपर्ने आवश्यकता देखिएको हो।
हलमा लामो समयसम्म खेल अभ्यास गर्ने प्रशिक्षार्थीहरूको लागि पानी, विश्राम स्थान र हल्का खानाको पनि व्यवस्था गरिएको छ।
स्थानीय स्तरमै यस्ता खेलहरूको अवसर प्रदान गर्नुले बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन र सामाजिक सहभागिता बढाउन मद्दत पुग्ने आयोजकहरूको विश्वास छ।
बिग ब्रदर व्याडमिन्टन हल परिवारले अभिभावक, विद्यालय, सरोकारवाला निकाय र सञ्चारकर्मीहरूलाई यो पहललाई सफल बनाउन सहकार्यको आह्वानसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here