गौतम प्रतिष्ठानद्वारा स्मृति दिवसमा पुरस्कृत

0
21

गोपाल अधिकारी
ताप्लेजुङ।

टिकाराम गौतम स्मृति प्रतिष्ठानको १२औं साधारणसभा तथा १५औं स्मृति दिवस सम्पन्न भएको छ ।

समाजलाई विभिन्न क्षेत्रबाट उल्लेख्य सहयोग र योगदान प्रदान गर्ने अलग–अलग क्षेत्रका दुई व्यक्ति र संस्थालाई स्व. गौतमको स्मृतिमा परिवारजनबाट अक्षयकोष स्थापना गरी कोष मार्फत पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरूमा पत्रकारिता शीर्षक अन्तर्गत ताप्लेजुङ एफएमका स्टेशन म्यानेजर देवराज गुरुङ जसले सञ्चारको क्षेत्रमा रहेर सूचनाको हकलाई जिल्लावासी समुदायमा सहजरुपले पु¥याउन सफल पत्रकार तथा सामाजिक सेवा पुरस्कार अन्तर्गत जिल्लामा सबैभन्दा बढी रक्तदान गरी रक्तदान गर्न युवालाई प्रोत्साहन गर्दै रगतको अभाव हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने दिनेश खवास र जिल्लास्थित २४ उपशाखा मध्ये रेडक्रसको मूल्य मान्यता अनुसार दैविक प्रकोप तथा मानवीय सेवामा अहम् भूमिका निर्वाह गर्ने फुङ्लिङ उपशाखालाई नगद १० हजार एक सय पाँच रुपैयाँ र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व सांसद सञ्चपाल मादेन, जिल्ला रेडक्रस सभापति इन्द्र गुरुङ पूर्व प्रमुख छत्रपति प्याकुरेल, पूर्व कोशी प्रदेश सांसद होमकुमारी साँवा, रेडक्रसकर्मी वासुदेव गौतम, लेखनाथ गौतम, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतम, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख, जिप्रकाका प्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, जिल्लास्थित गन्यमान्य समाजसेवी व्यक्तित्वहरू रेडक्रसकर्मीहरू रेडक्रस उपशाखा प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले गौतमको जीवनी तथा दर्जनौं संघ–संस्थामा रहेर समाज रूपान्तरण र विकासका लागि जिल्लाबासीलाई पु¥याएको योगदान को बारेमा चर्चा गरिएको थियो । संस्थाको भावी कार्ययोजनासहितको प्रगति प्रतिवेदन अध्यक्ष गौतमले र आर्थिक प्रतिवेदन सचिव प्रकाशमणि गौतमले प्रस्तुत गरेका थिए ।

स्वर्गीय गौतमको ६९औं जन्मजयन्ती को अवसर पारेर संस्थाले २०८२ सालको क्यालेन्डर विमोचन गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन पत्रकार आनन्द गौतमले तथा स्वागत संस्थाकी सदस्य पुण्य प्रभा गौतम गुरागाँईंले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here