विमल दहाल,
महमाई, इलामको माई नगरपालिका वडा नम्बर ६ भोटेटारवाट विहिवार १३२ क्युविक गोलिया वरामद गरिएको छ।
सुर्यमुखि सामुदायिक वन उपभोक्ता समुह माई ६ भोटेटारको जंगलमा बेवारिसे अवस्था टुना बनाई राखिएको सखुवा जातको १० थान गोलिया वरामद गरिएको माई सव डिभिजन वन कार्यालय सुखानीका वन अधिकृत भुवनमणि शर्माले जानकारी दिए ।
अधिकृत शर्माका अनुसार वुधवार राति जंगलमा राखेर गोलिया लान लागेको भन्ने जानकारी आएपछि विहिवार माई सव डिभिजन वन कार्यालय सुखानीको टोलीले वन क्षेत्रवसट गोलिया बरामद गरेको जानकारी दिनुभयो ।
वरामद गोलिया सव डिभिजन वन कार्यालय सुखानी लगिएको छ। वरामद भएको गोलिया करिव ४ लाख मुल्य वराबरको रहेको छ। सुर्यमुखी सामुदायिक वन उपभोक्ता समुह लामो समय देखि पदाधिकारी विहिन रहि निस्कृय रहेको वताईएको छ ।