छठ समाज सेवा समितिको अध्यक्षमा संगीता

0
36

झापा, श्री छठ समाज सेवा समिति बिर्तामोडको अध्यक्ष पदमा संगीता रौनियार चयन निर्वाचित भएकी छिन् ।
बिर्तामोडमा सम्पन्न १६ औं अधिवेशनबाट रौनियार अध्यक्षमा चयन भएकी हुन् ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी शंकर भगतलाई पछि पार्दै रौनियार अध्यक्षतमा निर्वाचित भएकी हुन् । रौनियारले ४५ मत ल्याउँदा भगतले ३९ मत प्राप्त गरे । समाजको सम्पन्न निर्वाचनमा ८६ मत खसेको थियो । जसमा दुई मत बदर भएको थियो ।
समाजको वरिष्ठ उपाध्यक्षमा राजकुमार शाह सर्वसम्वत भएका थिए । समाजको उपाध्यक्ष मनोजकुमार शाह (रौनियार) ६० मतका साथ निर्वाचित भए । त्यस्तै उपाध्यक्षमा अनन्तलाल महत्तो र इन्द्रजीत चौधरीले ४२÷ ४२ मत प्राप्त गरे । उसमा गोला प्रथाबाट अनन्तलाल महत्तो विजयी भएका हुन् ।

समाजको महासचिवमा अशोक चौधरी चयन भए भने सह–सचिव बिक्की चौधरी चयन भएका छन् । यता कोषाध्यक्ष वरुण कुमार जैसवाल, सह–कोषाध्यक्षमा सञ्जय चौधरी, जनसम्पर्क अधिकारी दिपक साफी चयन भए ।
त्यस्तै सदस्य प्रमोदकुमार चौधरी, मनोज चौधरी, शम्भुप्रसाद साह, कनाई भगत, दीलिप दास, लालबाबु साह र सन्तोषकुमार साह चयन भएका हुन् ।

तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन गरएको थियो । जसमा संयोजक प्रेमचन्द चौधरी र सदस्यहरुमा उपेन्द्र प्रधान, निर्मल पाण्डे रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here