प्रहरी उपरीक्षक केसीलाई अभिन्दन सहित विदाई

0
56

झापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई झापाका दर्जन भन्दा बढी संघ संसथाले सम्मान सहित बिदाई गरेका छन् । 
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई सम्मान सहित विदाई गरेका हुन् । केसीको हालै उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई, वीरता जेसीज, वीरता लेडी जेसीज, श्री छठ समाज सेवा समिति लगायत विभिन्न संघ संस्थाले अभिनन्दन सहित विदाई गरेका हुन् ।
सो समारोहमा संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, वीरता लेडी जेसीजकी नि वर्तमान अध्यक्ष मिनु ओली, श्री छठ समाज सेवा समितिका नव निर्वाचित अध्यक्ष संगीता रोनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विदाई समारोहमा बोल्दै संघका अध्यक्ष न्यौपानेले झापामा रहदा प्रहरी उपरीक्षक केसीले शान्ति सुरक्षा सु व्यवस्था कायम राख्दै प्रहरी र नागरिकको सम्वन्धलाई समेत सुमधुर राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रमको संचालन संघका उपाध्यक्ष विशाल थापाले गरेका थिए ।
यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले छठ समाज सेवा समितिका नव निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । समाजकी अध्यक्ष संगीता रौनियार सहितको टिमलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here