गरिवको पिंडामा मलम लगाउदै नगर प्रमुख पोखरेल

0
34

बिराटनगर,

सिन्धुलीको कमलामाईका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल जनताको घरदैलोमा पुगेर दुख पिंडा बुझ्ने कार्य गरिरहेका छन्। केहि दिन अघिमात्र नगर प्रमुख पोखरेलले आर्थिक अभावमा अप्रेसन रोकिएको भन्ने खबर पाउने बित्तिकै अस्पतालमा पुगेर आर्थिक सहयोग गरेका छन्।

कमलामाई–२, पीपलभञ्ज्याङका ९ वर्षीय अनाथ बालक मन्दिप योञ्जनको लडेर हात भाँचिएको थियो। आर्थिक अभावका कारण अपरेसन रोकिएको थाहा पाएपछि नगर प्रमुख पोखरेलले अस्पताल पुगेर व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

उनले बालक योञ्जनलाई गरिब र अनाथको अभिभाबक भएको अनुभुति गराउदै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here