लागू औषधको जालो तोड्छौं – प्रहरी उपरीक्षक लिम्बू

0
36

झापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बिकराल बन्दै गएको लागू औषधको जालो तोड्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापामा पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक लिम्बूले झापावासीको समन्वयमा लागू औषध नियन्त्रका लागि विशेष रणनीति अबलम्वन गर्दै अघि बढ्ने र लागू औषधिको जालो तोड्ने बताएका छन् ।
लागूऔषधसंगै चोरी, अवैध चोरी तस्करी, सवारी दुर्घटना, ठगी जस्ता समस्यालाई समेत निराकरण गर्नेृ बताएका हुन् ।
चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने बताएका प्रहरी उपरीक्षक लिम्बूले झापामा मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए ।
उनले जिल्लाको शान्ति सुरक्षाका लागि प्रतिवद्ध भई काम गर्ने बताउँदै झापाका सबै नागरिकहरुलाई प्रहरी यूनिटहरुमा सहजै पहुँचको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । प्रहरीसम्म आफ्नो समस्या राख्न कसैको साहरा लिनु नपर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here