नेवा: मिसा पुच : को नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

0
52

 बिर्तामोड , नेवा: मिसा पुच : को आयोजनामा भएको दुई दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

नेवा: मिसा पुच :को आयोजनामा बिर्तामोडको आगन होटलमा हिजो देखि शुरु भएको नेवा: महिला लक्षित दुई दिवसीय नेतृत्व विकास तथा उदघोषण तालिम आज सम्पन्न भएको हो । सञ्चार कर्मी स्वस्तिका आचार्य सिटौलाले सहजीकरण गर्नुभएको उक्त तालिममा ४५ जनाको सहभागिता रहेको मिसा:पुच अध्यक्ष निलम प्रधानले जानकारी दिनुभयो ।

नेवा :मिसा पुच : , नेवा : पासा: मुना पुच: बिर्तामोडको भातृ महिला संगठन हो । जसले नेवा: महिलाहरूको शसक्तिकरण, नेतृत्व तथा व्यक्तित्व विकासको उद्देश्य लिएको छ । मिसा पुच:ले यस अघि महिला लक्षित सामाजिक कार्य स्वास्थ्य शिविर संचालन ,नेवारी खाना तालिम आयोजना गरिसकेको छ ।

नेवा: पासा मुना पुच: अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष निलम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागिहरूले तालिम उपलब्धि मुलक रहेको बताए थिए भने वक्ताहरूले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न जोड दिएका थिए ।

संस्थाकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सारदा मास्केले स्वागत र संचालन सचिव दिपा श्रेष्ठ गरेकी थिइन्। यसैबिच नेवा: पासा मुना पुच:ले आज बाट नेवा: छे भवनमा धिमे बाजा प्रशिक्षण शुरु गर्ने जनाएको। आज बाट शुरु हुने सो प्रशिक्षण महिना दिन सम्म चल्ने संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here