झापा, श्री छठ समाज सेवा समिति बिर्तामोडको पद हस्तान्तरण भएकोछ ।
समितिका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो ।
छठ समाज सेवा समितिले महिलालाई नेतृत्व प्रदान गरेको भन्दै कार्यक्रममा सहभागी वक्ताले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवष भट्टराईले महिलालाई ३३ प्रतिशत सहभागीताका लागि संविधानले नै सुनिश्चितता गरेकाको र छठ समाज सेवा समितिले महिला अध्यक्ष बनाएर सह्रानीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले महिलाले नेतृत्व गरेको संस्था उत्कृष्ट हुने भन्दै प्रशंसा व्यक्त गरे । उनले नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानन्यायधिस सुशीला कार्की, महिला सभामुख ओनसरी धर्ती लगायतको उदाहरण प्रस्तुत गर्दै छठ समाज सेवा समितिले समेत सक्षर र सवल नेतृत्व पाएको धारणा राखे ।
कार्यक्रममा छठ समाज सेवा समितिका पूर्व अध्यक्ष घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पूर्व अध्यक्ष बलराम कार्की लगायतले शुभकामना राखेका थिए ।
छठ समाज सेवा समितिको १६ औं अधिवेशनबाट अध्यक्षमा संगीता रौनियार चयन भएकी थिइन् । समातिको वरिष्ठ उपाध्यक्षमा राजकुमार शाह चयन भएका थिए भने उपाध्यक्षद्वयमा मनोजकुमार शाह र अनन्तलाल महत्तो चयन भएका थिए ।
महासचिवमा अशोक चौधरी,सह–सचिव बिक्की चौधरी , कोषाध्यक्ष वरुणकुमार जैसवाल, सह–कोषाध्यक्षमा सञ्जय चौधरी, जनसम्पर्क अधिकारी दिपक साफी छठ समाज सेवा समितिको १६ औं अधिवेशनबाट चयन भएका थिए ।
सदस्य प्रमोदकुमार चौधरी, मनोज चौधरी, शम्भुप्रसाद साह, कनाई भगत, दीलिप दास, लालबाबु साह र सन्तोषकुमार साह चयन थिए । उनीहरुलाई प्रेमचन्द चौधरी संयोजक र उपेन्द्र प्रधान तथा निर्मल पाण्डे सदस्य रहेको निर्वाचन समितिले पद तथा गोपनियताको सपथ गराएका थिए ।
यसैबीच अध्यक्ष रौनियारले संयोजक सत्रुघनप्रसाद गुप्ता र कृष्णा श्राफ, तथा नरेश साह सदस्य रहेको लेखा समिति चयन गरेकी छिन् ।
यता उनले ११ सदस्यीय सल्लाहकार समिति चयन गरेकी छिन् । समितिमा शंकर भगत, रामनारायण चौधरी, सत्यनारायण चौधरी, मनोज चौधरी, त्रिलोक साह, जनार्दन साह, बिजय ठाकुर, निर्मलकुमार पाण्डे, बिजय श्राफ, उपेन्द्र प्रधान र इन्द्रजित चौधरी रहेका छन् ।
बिर्तामोडस्थित होटल सेन्टर पोइन्ट पार्टी प्यालेसमा आयोजना गरिएको कायंक्रमको संचालन छठ समाज सेवा समितिका महासचिव अशोक कुमार चौधरीले गरेका थिए ।