राष्ट्रिय युवा संघको केन्द्रिय उपाध्यक्षका बलियो दाबेदार हुँ: खड्का

0
62

बिराटनगर,

राष्ट्रिय युवा संघ नेपालको पोखरामा हुने दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । दशौं राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा संखुवासभाका धुर्व खड्का पनि उपाध्यक्ष पदका लागि बलियो दाबेदारको रुपमा देखिएका छन्।

तत्कालीन प्ररायु संघ को युथफोर्स समयदेखि हालसम्म अनवरत रुपमा संगठनमा रहेर विभिन्न जिम्मेवारीलाई कुशलता पुर्वक निभाएका एक काबिल नेतृत्व गर्न सक्ने नेता हुन् खड्का।

प्ररायु संघको क्षेत्रीय सदस्य ,अनेरास्ववियुको कोसी प्रदेश सम्पर्क उपाध्यक्ष,अखिल फोर्स संयोजक आर आर क्याम्पस काठमाण्डौ,उपत्यका अखिल फोर्स कमिटी, युथफोर्सका विभिन्न कमिटी,अन्तर जिल्ला कमिटी अध्यक्ष संखुवासभा ,केन्द्रिय खेलकुद बिभाग सदस्य,लाहान अधिवेशन प्रतिनिधि,बुटवल अधिबेशनबाट केन्द्रिय लेखा आयोग सदस्य निर्वाचित,केन्द्रिय सदस्य र राष्ट्रिय युवा संघ नेपाल् संखुवासभाको सह संयोजकको रुपमा काम गरिसकेका छन्।

यस्तै दुई कार्यकाल जिल्ला अध्यक्ष ,सचिवालय सदस्य,स्थाई कमिटी सदस्य र कृषि बिभाग प्रमुख ,नेकपा एमाले संखुवासभाको विभिन्न कार्यकाल जिल्ला कमिटी सदस्य नेतृत्व गरिसकेका छन्। जिल्ला देखि प्रदेश केन्द्र देशैभरी नेता नेतृत्वको हरेक जिल्लामा सम्बन्ध र पहुँच राख्न सक्ने सक्षमा व्यक्ति हुन्।

युवाहरूलाई परेको हरेक समस्या जुध्न सक्ने भएकाले आफूलाई युवा संघको केन्द्रिय उपाध्यक्ष पदको लागि दावेदारी प्रस्तुत गर्दै आएका छन्। उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।

सहज ढङ्गले स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने साथै युवाको एउटा सिङ्गो पुस्तालाई आफ्नो क्षमता,आवस्यकता र प्रभावकारीता प्रस्तुत गर्न पनि उनले अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here