झापा ।
केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो सम्बन्ध रहेको फेला परेको छ ।
मेचीनगर–१० धुलाबारीमा व्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही व्यक्तिसँग नेपाल प्रहरीका एसपीसम्मको सोझो सम्बन्ध रहेको पाइएको हो । एकसाता अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसलमार्फत आयात निर्यातको कारोबार गर्दै आएका अनुज मारु, कबिस मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अनुज मारु भन्ने व्यक्तिसँग नेपाल प्रहरीका उच्च अधिकृतको सोझो सम्बन्ध रहेको र त्यसकै आडमा उनीहरुले हुण्डीजस्तो गैह्रकानूनी काम गर्ने गरेको खुलेको छ ।
मारुको नेपाल प्रहरीका हालका एसपी विपीन रेग्मी, डिएसपीत्रय राकेश थापा, नरहरि अधिकारी र सुवास बुढाथोकीसँग विशेष सम्बन्ध रहेको धुलाबारीका एक ब्यापारीले वताएका छन् भने उनीहरुको समिपता पुष्टि गर्ने तस्वीर समेत फेला परेको छ । स्मरण रहोस् एसपी रेग्मी साथै डिएसपीद्वय अधिकारी र बुढाथोकी इन्स्पेक्टर हुँदाका बखत यसअघि नै इलाका प्रहरी कार्यालय धुलाबारीका इञ्चार्ज भइसकेका प्रहरी अधिकृत हुन् । त्यस्तै हालका डीएसपी राकेश थापा धुलाबारीका इञ्चार्ज र जिल्ला प्रहरी कार्यालयमा डीएसपीका रुपमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् ।
प्रहरी स्रोतका अनुसार डिएसपी थापा र अन्य प्रहरी अधिकृतहरु झापा आएका बेला समेत यिनै मारुकै घरमा बस्ने गरेका थिए । अझ, एसपी रेग्मी त हरेकपटक झापा आउँदा सिधै मारुकै घर जाने र उनकै कम्पाउण्डमा गाडी थन्क्याएर उनीहरुसँगै शिलगढी जाने गरेको प्रहरी स्रोतकै दाबी छ ।
स्रोतका अनुसार एसपी रेग्मी झापा आउँदा बरु एसपीलाई नभेटी फर्कन्थे तर, मारुको घरमा विगत १० बर्ष अघिबाट उनको राम्रै आउ–जाउ चल्ने गथ्र्यो । त्यस्तै उनीहरु मारुकै खर्चमा विभिन्न स्थान घुम्ने गरेका थिए । झापाकै एक पत्रकारका अनुसार डीएसपी थापाले मारुकै खर्चमा चीनको समेत भ्रमण गर्न भ्याइसकेका छन् । यसबाट पक्राउ परेकाहरुको प्रहरीसँगको निकटता प्रष्टिएको स्रोतको दावी छ । यस्तै पक्राउ परेका अनुज मारुसँग भारतीय आधारकार्ड र ४ वटा भारतीय नम्बर प्लेटका साना सवारी समेत रहेको बुझिएको छ ।
यता, मारुसहित पक्राउ परेकाहरुलाई सीआइवीको टोलीले काठमाडौँ लिएर गएको छ । तर, पक्राउ परेको यतिका दिन बितिसक्दा समेत सीआईबीले औपचारिक जानकारी दिएको छैन । पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रमाण भेटिएको श्रोतले बतायो । उनीहरुमाथि अदातबाट म्याद थपेर अनुसन्धान भइरहेको बुझिएको छ । यता हुण्डी कारोबारीहरुसँग घाँटी जोडिएका प्रहरी अधिकारीहरुमाथि कुनै छानविन शुरु नगरिएको सीआईबी स्रोतले बताएको छ ।
त्यस्तै पक्राउ परेका धुलाबारीका यी हुण्डी कारोबारीहरुसँग बिर्तामोडका कारोबारीहरुको समेत संलग्नता रहेको जनाइएको छ ।
प्रशासनिक र राजनीतिक संरक्षका कारण ठूला घटना बढे
झापा पछिल्लो समय ठूला आर्थिक अपराधका घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ । यस्ता घटनामा प्रहरी प्रशासन र राजनीतिक संरक्षण हुँदा घटनामा बृद्धि भएको हो ।
केही साता यताको बिभिन्न अपराधका घटनालाई सूक्ष्म विश्लेषण गर्ने हो भने आर्थिक अपराधले करोडौ रुपैंया बरावरको राजश्वमा असर पुर्याएको छ भने गैह्र बैब्किब प्रणलीमार्फत कारोबार हँुदा आर्थिक अनुशासन कायम गर्न नसकिने अवस्था बनेको छ ।