इलाममा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

0
23

इलाम ।

इलाममा रोयल इन्फिल्ड मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

इलाम नगरपालिका –७ टुँडिखेलस्थित नाङ्लो रेस्टुरेन्ट अगाडीबाट १७२४ नं.को कालो रङ्गको रोयल इन्फिल्ड मोटरसाइकल चोरी गर्नेहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ८ बस्ने २० वर्षीय सुमन तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय भूपेन्द्र कडरिया रहेका छन् ।

मोटरसाइकल चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुनसाथ ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम ८ तिलकेनीबाट मोटरसाइकलसहित मोटरसाइकल चालक तामाङ र पछाडि सवार कडरियालाई पक्राउ गरेको हो ।

तामाङलाई उनको घरबाट जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको डीएसपी मानबहादुर राईले बताए । उनले दुवैलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here