दलित लक्षित उपभोक्ता समितिद्वारा उद्घोषण तालिम शुरु

0
13
अर्जुनधारा ।
झापाको अर्जुनधारा–४ स्थित दलित लक्षित उपभोक्ता समितिको आयोजनामा १५ दिने उद्घोषण तालिम बुधबारदेखि शुरु भएको छ ।
स्थानीय अर्जुनधारा स्वास्थ्य चौकीको सभाहलमा समितिका अध्यक्ष रामकुमार बर्देवाको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरकार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले उद्घाटन गरेका थिए ।
सहजकर्ता नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बूले सहजिकरण गर्ने उक्त तालिममा २५ जनाको सहभागिता रहेको समितिकी सचिव विष्णुमाया विसुंखेले जानकारी दिइन् ।
तलिममा सहभागीहरुलाई उद्घोषक र उद्घोषणको परिचय, भिन्नता, प्रकारहरु, प्रत्यक्ष उद्घोषण र अप्रत्यक्ष उद्घोषणबिच भिन्नता, युगल उद्घोषण, उद्घोषकको दायित्व, उद्घोषकको योग्यता, सफल उद्घोषकमा हुनुपर्ने गुणहरु, विषेताहरु, उद्घोषकले उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, कार्यक्रम, प्रकारहरु, भिन्नता, कार्यक्रम तालिका बारे सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नेकपा एमाले झापाका सदस्य एकदेव खनाल, नेपाली काँग्रेस वडा सभापति खेम काफ्ले, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहकी सहसचिव सरीता राई, सहजकर्ता खम्बूलगायतले मन्तव्य राखेका थिए । सहभागी बिमला विसुंखेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विसुंखेले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here