नेपाल प्रेस यूनियनको ३४औ स्थापना दिवसको अवसर दुई पत्रकार सम्मानित,

0
19

झापा । नेपाल प्रेस यूनियनको ३४औ स्थापना दिवसको अवसर पारेर दुई जना पत्रकारहरु पुरस्कृत तथा सम्मानित भएका छन् ।
पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ जागृति आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमकावीच नेपाल प्रेस युनियन पाँचथरका पूर्वअध्यक्ष, सल्लाहकार तथा रेडियो दिव्यवाणी १०१.५ मेगाहर्जका प्रवन्ध निर्देशक, इमेजकर्मी जीतेन्द्र भण्डारी र नेपाल पत्रकार महासंघ पाँचथर उपाध्यक्ष तथा गोरखापत्रकर्मी राधा लुइँटेल पुरस्कृत तथा सम्मानित भएका हुन् ।

जनही दश हजार नगद पुरस्कार राशिसहित स्व. लोकमन स्मृति पत्रकारिता पुरस्कारबाट भण्डारी र स्व. देउमान स्मृति पत्रकारिता पुरस्कारबाट लुइँटेल पुरस्कृत तथा सम्मानित भएका हुन् ।

पुरस्कृत राशिबाट नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष भण्डारीले क्यान्सरबाट पीडित पाँचथरका अग्रज पत्रकार पाँचथर एफएमका अध्यक्ष कवीन्द्र शेर्माको उपचारार्थ र फिदिम नगरपालिका वडा नं. ४मा अवस्थित जागृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई प्रदान गरेका छन् ।


नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति रुपनारायण जवेगू, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावती लगायतले सम्मानितहरुलाई दोसल्ला, खदा सम्मान–पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
यस्तै नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीहरुको सामुहिक विमा समेत गराएको छ । जिल्लामा रेडियो, पत्रिका तथा अनलाइन मिडियामा कार्यरत पत्रकारहरुको सुरक्षाको लागि सामुहिक विमा योजना ल्याइएको नेपाल प्रेस युनियन पाँचथर जिल्ला अध्यक्ष खवीन लुइँटेलले बताए । जागृति आविका विद्यार्थीहरुलाई लक्षित गरी शुद्ध पिउने पानीको लागि पानी फिल्टर र स्टेशनरी समेत प्रदान गरिएको प्रेस युनियन पाँचथरका सचिव दीपक बोहोराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here