विराटनगर ।
सुनसरी र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले ईनरुवा नगरपालिका–३ बाट सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ बर्षीय बिबेक अधिकारी, इटहरी–४ का २२ बर्षीय मनोज परियार र २६ बर्षीय मनिष राईलाई लागू औषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ बाट तनहुँको रिसिङ गाउँपालिका–३ का ३७ बर्षीय दलराज मगरलाई लागूऔषध खैरो हेरोईन १९ ग्राम ६३ मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।