बाह्रदशी गाउँपालिकामा पालिका स्तरीय नागरिक आरोग्य कार्यक्रम सम्पन्न

0
31

झापा, बाह्रदशी गाउँपालिका आयर्वुेद स्वास्थ्य शाखाले पालिका स्तरीय नागरिक आरोग्य कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको प्रमुख आतिथ्य तथा आयर्वुेद स्वास्थ्य शाखा सञ्चालन समिति अध्यक्ष वीर वहादुर सिंह राजवंशीको अध्यक्षतामा नागरिक आरोग्य कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि सहित स्थानीयको सहभागीता रहेको थियो । जहाँ योग प्रशिक्षक रुद्र ओलीले आरोग्य जीवन यापनका लागि अपनाउनु पर्ने तरिकाका विषयमा प्रकाश परेका थिए ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, वाह्रदशी गाउँपालिका वडा नम्पर २ का वडाध्यक्ष भीम वहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम, कार्यपालिका सदस्य मनकुमार राजवंशी, वाह्रदशी गाउँपालिका वडा नम्वर ३ का वडासदस्य हेमलाल दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन बाह्रदशी गाउँपालिका आयर्वुेद स्वास्थ्य शाखाका कविराज निरीक्षक जटाशंकर झाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here