शनिश्चरे बजारमा नेवा मैचाको सेवा शुरु

0
70

अर्जुनधारा ।

नेवारी खानाका पारखीहरुलाई लक्षित गरि झापाको अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा शनिबारदेखि नेवा मैचा(नेवारी चेलीहरु) क्याफे सञ्चालनमा आएको छ ।

विभिन्न व्यवसायमा संलग्न चार जना युवा सुष्मा श्रेष्ठ, मुना श्रेष्ठ, सविता श्रेष्ठ र कला श्रेष्ठको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त क्याफेको अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती र नेवा देय दबु अर्जुनधाराका अध्यक्ष रुद्रमणि श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रारम्भिक लगानी १० लाख रुपैयाँ रहेको क्याफेमा जुजुधौ(दहीको प्रकार), नेवारी खाजा सेट, थकाली खाना सेट आदि पाइने क्याफेका सञ्चालक सुष्मा श्रेष्ठले जानकारी दिइन् ।

क्याफेमा नेवारी खाना सम्बन्धी प्रशिक्षणसँगै नेवारी गरगहना र पोशाक बारे पनि जानकारी दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here