बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

0
7

गण्डकी,

पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सश्स्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन् ।

गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहराईमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिनुभयो । अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्कनुभएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता हुनुभएको थियो । श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here