झापा, इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड २ चारपाने बस्ने २८ वर्षीय सुरज राई ,चोरीको गर–गहना खरिद गर्ने बिर्तामोड १ नारायण चोक बस्ने ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा र शेरावाली ज्वेलर्स बिर्तामोडका संचालकका छोरा सुभान्सु साह रहेका छन् ।
पक्राउ पर्ने गत फागुन २२ गते बिहान अर्जुनधारा ६ दालपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्नेहरु रहेको प्रहरीले जनाएको छ ।
संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो ।
लक्ष्मी संग्रौलाकी बुहारी इन्दिरा रिजाल संग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउनको लागि गएकी थिइन् । उनी बच्चालाई स्कुल बस चढाई घर फर्किदा घरको माथिल्लो तलामा रहेको दराजको घर्रा भित्रबाट सुनको बिभिन्न गर–गहना गरी १५ लाखबराबरको धनमाल चोरी भएको थियो ।
राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए भने विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाईराखेको अबस्थामा बिर्तामोड ५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको छ ।
उनीहरुलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि जेठ २२ गते बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका थिए ।