झापा, दक्षिणी झापाको कचनकवल गाउँपालिका ७ स्थित बैगुनवारीका ६५ वर्षीय एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती नियन्त्रणका लागि लगाइएको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा किर्खनाथ खनाल रहेका छन् । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।
खनाललाई वारीमा बाख्रा बाध्न जाने क्रममा करेन्ट लागेको थियो । यस अघि झापाको कनकाई नगरपालिका २ स्थित जामुनवाडीमा हात्ती नियन्त्रणका लागि विच्छयाइएको तारबाट करेन्ट लागेर आठ जना घाइते बनेका थिए ।