झापा, अत्याधिक गर्मीका कारण पठन पाठन सञ्चालन गर्न कठिनाई भएको भन्दै बिर्तामोड नगरपालिकाले दुई दिनका लागि विद्यालय विदा गरेको छ । नगरभित्र सञ्चालित सबै विद्यालयलाई गर्मी बिदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार जेठ २९ र ३० गते दुई दिन विदा दिएको हो । वर्षे विदावाट कट्टा हुने गरी मौसम अनुकुल नहुञ्जेल विदाको समय अवधि थपघट हुने विदा दिइएको जनाइएको छ ।