एडिबीको ऋण चाहिँदैन : नगर प्रमुख साम्पाङ

0
16

बिराटनगर,

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) ले आगामी दिनहरूमा एडिबीको ऋण नलिने घोषणा गरेका छन्। खानेपानी तथा सरसफाइ मन्त्रालय, सिंहदरबार, काठमाडौंका नाममा आज पत्र लेख्दै मेयर साम्पाङ यस्तो घोषणा गरेका हुन्।

उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको स्मरण गराउँदै आर्थिक बर्ष २०८२/०८३ मा ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकीको पैसा सबै एडिबी बाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित नहुने बताएका हुन्।

धरान उपमहानगरपालिकाले पहिले लिएको एडिबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउन र अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here