लागू औषध कारोबारी माथि आक्रामक कोशी प्रहरी : गोली हानेर ३ सय ६५ ग्राम ब्राउन सुगर नियन्त्रण

0
48

योगेन्द्र योगी
बिराटनगर,

मोरङको रंगेली गोली हानेर लागुऔसध कारोबारीलाई पक्राउ गरेको छ। रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरीको लागूऔषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते दिउँसो साढे ३ बजे नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो ।

ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ लाख २१ हजार रुपैया समेत बरामद गरेको छ । यसैगरी,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषध वेचबिखन तथा ओसार पसारमा संलग्नहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन खटिएको प्रहरी टोलीले असार २२ गते प्रतिबन्धित लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

जस अन्तरगत झापाबाट १ जना, मोरङबाट १ जना, उदयपुरबाट १ जना र धनकुटाबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुको साथबाट ३ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर र ६ किलोग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशीमा दिन प्रतिदिन बढ्दै गएको लागु औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न अबको युद्ध, दुर्व्यसनविरुद्ध भन्ने नारासहित दुर्व्यसनविरुद्ध अभियान संचालन गरिएको भएपनि त्यो खासै प्रभावकारी हुनसकेन।

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।

कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स, पिकअप, भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here