चट्याङ लागेर एक जनाको मृत्यु

0
92

ताप्लेजुङ,

सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उहाँ घाइते हुनुभएको हो । उहाँलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो ।

उहाँको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here