बाह्रदशीका २५ जना गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा
५० जना गर्भवती महिलालाई पोष्टिक आहार बितरण
झापा, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । रोट ट्रायक क्लव अफ बिर्तामोडको सह आयोजना तथा बाह्रदशी गाउँपालिका ४ को व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो ।
बाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलमको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउन अध्यक्ष पुष्पान्जलि सिन्हा ठाकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोस अग्रवाल, वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियन्का कटुवाल, होम कार्की, अनिल सापकोटा, वाह्रदशी स्वास्थ्य शाखा प्रमुख राम शाह लगायतको आतिथ्यता रहेको थियो ।
क्लवका सचिव रोशन बुढाथोकीले सहजिकरण गरेको कार्यक्रमलाई अनिल सापकोटाले स्वागत गरेका थिए । प्रमुख अतिथि आलम सहित स्वास्थ्य शाखा प्रमुख साहले रोटरी क्लवले गरेको उक्त कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा क्लवकी अध्यक्ष सिन्हाले गर्व अवस्थाको सुरक्षा र हेरचार बारे गर्ववती महिलाहरुलाई सचेतना गराएकी थिइन् भने वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियन्का कटुवालले गर्व अवस्थामा आइपर्न सक्ने समस्या र त्यस्ता समस्या निराकरण सम्बधी प्रशिक्षण् प्रदान गरेकी थिइन् । २५ भन्दा बढी गर्ववती महिलाहरुलाई छुट्टाछुट्टै ओपिडी सेवा समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा ४ नम्बर वडाका ५० जना गर्भवती महिलाहरु सहभागी भएका थिए । उनीहरुलाई निःशुल्क पौष्टिक आहार समेत वितरण गरिएको थियो ।
यसैबीच डा. प्रियङ्का कटुवालले एक जना गर्भवती महिलाको शल्यक्रिया गर्नु पर्ने भएकाले उनको उपचार निःशुल्क गरिदिने घोषणा गरेकी छिन् ।