सम्झौदा म्याद सकिएको एक वर्षमा पनि बनेन पुल

0
2
मान्म (कालीकोट), 
निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो ।
कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन । पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताउनुभयो । “२०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here