मेलिनालाई सहयोग जुट्दै

0
520

बिर्तामोड, भदौ २४ । मेलिना उपचार सहयोग समितिमा खुदुनाबारीमा स्थानीय संघसंस्था लगायत प्रवासी नेपालीहरुद्धारा सहयोग गर्ने क्रम बढेको छ । खुदुनाबारी–४ निवासी १६ वर्षीया मेलिना सिलवालको दुईवटा मृगौला फेल भएपछि मेलिना उपचार समितिले सहयोगको अनुरोध गरेसँगै देश तथा विदेशबाट सहयोग गर्ने क्रम बढेको हो ।
खुदुनाबारीको बेलटार खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच सहयोग रकम मेलिना उपचार समितिले सार्वजनिक गरेको छ । मेलिना उपचार समितिका अध्यक्ष टिका उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संकलित सहयोग रकम खुदुनाबारी गाविसका सचिव तुलसी प्रसाद भण्डारीले हस्थान्तरण गरे । कार्यक्रममा नेपाली काग्रेसका प्रतिनिधि जीवन भण्डारी,नेकपा एमाले खुदुनाबारी अध्यक्ष बम बहादुर कार्की,नेकपा माओवादी केन्द्रका निर्माण आचार्य,नयाँ शतिmका खुुदुनाबारी अध्यक्ष बुद्ध बराइली,राप्रपा नेपालका क्षेत्रीय उपाध्यक्ष विण्णु प्रसाद खतिवडा,समाजसेवी लक्ष्मी इङनाम,स्थानीय अगुवा भवानी अधिकारी,घनश्याम चेम्जोङ, स्वाथ्यकर्मी मिठु ढकाल, लगायतको उपस्थिती रहेको थियो । युएईको सहयोग रकम प्राप्त बारे प्रकाश भने रोम घिमिरेले पष्ट पारे । कार्यक्रममा मेलिना स्वास्थ्य क्रमिक सुधार भइरहेको र अहिले मानव अङ प्रत्यारोपण केन्द्र भतmपुरमा स्वास्थ्य परिक्षण भैइरहेको उनका बुबा मोहन सिलवालले बताए । मेलिनालाई मृगौला भने उनकी आमा टिका शिलवालले दिने बताइएको छ । आमा टिका शिलवालको पिसाबमा केही समस्या देखिएकाले किटनी प्रत्यारोपणमा समस्या भएको र पिसाबमा सुधार भएपछि तत्कालै किटनी प्रत्यारोपण गरिने उपचार समितिले बताएको छ । सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै मेलिना उपचार समितिका सचिव गोपाल न्यौपानेले हालसम्मको सहयोग रकम विवरण सावर्जनिक गरे । हालसम्म मेलिनाको उपचारको निम्ति सहयोग पु¥याउने उदेश्यले पूर्वाली सिलवाल समाज बिर्तामोड १० हजार १ सय ११रुपैया,खुदुनाबारी आइतबारे बजार ठेकेदार २ हजार रुपैंया,सुखानी सामुदायिक वन ५ हजार,रुपैंया, शान्ति सामुदायिक वन ७ हजार रुपैंया,कनकाई आदर्श बहुमुखी क्यापस बिर्तामोडका विद्यार्थीद्धारा १२ हजार १ सय ८० रुपैया,युएई प्रवासी नेपाली खुदुनाबारीको संक्रियतामा ८७ हजार ६० रुपैंया,न्युहोप उच्च मा.वि. खुदुनाबारी ५ हजार रुर्पैया,हलुवागढ सामुदायिक वन १० हजार ५ सय रुपैया,प्रतिभा नमूना मा.वि १ हजार ७ सय ५५ रुपैंया, जुकेखाडी सामुदायिक वन उपभोतmा समिति ८ हजार रुपैंया,बेलटार खानेपानी उपभोतmा समिति खुदुनाबारीबाट २ हजार रुपैंया,हचुमासा सामुदायिक वन बाट ८ हजार रुपैया,साना किसान कृषि सहकाहरी खुदुनाबारीबाट ७ हजार रुपैंया,सुखानी सहकाहरी तिज कार्यक्रमद्धारा ११ सय रुपैंया,प्रवासी नेपाली कोरियाद्धारा खुदनाबारीको संक्रियतामा ५३ हजार रुपैंया,अभियान नेपाल खुदनाबारीद्धारा १ हजार रुपैंया प्राप्त भएको जनाइएको छ । त्यस्तै शान्तिराम घिमिरे १ हजार रुपैंया,राजन मैनाली १ हजार रुपैंया,सुरेन्द्र संग्रौला ५ हजार रुपैंया,भवानी अधिकारी १ हजार रुपैंया,टिका पाठक १० हजार रुपैंया,धनबहादुर तामाङ ५ सय रुपैंया,झलक राई ५ सय रुपैंया,इन्द्र बहादुर चापागाई ५ सय रुपैंया,छत्रा आचार्य १ हजार रुपैंया गरी जम्मा २ लाख ४५ हजार ७ सय ६ रुपैंया उपलब्ध भएको उपचार कोष समितिले जनाएको छ । रकम हस्थान्तरण कार्यक्रमको संञ्चालन भने खुदुनाबारी गा.वि.स. का खरिदार खगेन्द्र लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here