झापामा आयुर्वेद चिकित्सा पद्धतिको अवस्था

0
790

 

1901413_436609709839527_440874022811244175_n

[तीर्थ आचार्य]
पूर्वको रमणीय जिल्ला झापा प्राकृतिक विविधताले धनी छ । प्राकृतिक स्रोत जडिबुटी लगायत वातारणीय दृष्टिकोणले अब्बल जिल्ला झापा आयुर्वेदिक चिकित्सा सेवाको कोणबाट पनि एकदमै अगाडि रहेको छ । यहाँ सरकारी स्तरबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र–१ र अन्तर्गतका आयुर्वेद औषधालय–७ गरी जम्मा ८ आयुर्वेद स्वास्थ्य संस्था छन् । उपत्यकापछि सबैभन्दा बढी निजी आयुर्वेदिक संस्था सञ्चालनमा रहेको झापाको सरकारी संस्थामा जनताको आकर्षण पनि उत्तिकै छ । ७५ जिल्लामध्ये धेरै सेवाग्राही आउने जिल्लामा झापा तेस्रो नम्वरमा पर्दछ । झापामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा थप आयुर्वेदका महत्वपूर्ण सेवाहरु पंचकर्म, क्षारसूत्र, योगा लगायतका सेवा बिस्तार गर्न सके झापाली लगायत पूर्व क्षेत्रकै जनतालाई राहत पुग्ने देखिन्छ । यसतर्फ सरकारको ध्यान जानसमेत आवश्यक छ ।
हुन त सरकारी स्वास्थ्य संस्था भएकाले यसको रेखदेख, भरणपोषण सबैको जिम्मेवारी नेपाल सरकारको हो । तथापि नेपाल सरकार, आयुर्वेद विभागले यस प्रकारका कार्यक्रम जिल्लागत रुपमा नल्याएकोले बजेट व्यवस्था हुन सकेको छैन । धनकुटा, नवलपरासी लगायतका केही जिल्लामा स्थानीय व्यवस्थापनद्वारा सञ्चालनमा ल्याएकाले झापामा पनि जिल्ला विकास समिति, शहरी विकास, नगरपालिका लगायत स्थानीय स्तरमा रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी संघ–संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सके झापा लगायत पूर्व क्षेत्रका जनतालाई प्रत्यक्ष फाइदा पुग्नेमा दुईमत छैन ।
औचित्य ः
– दीर्घ रोगहरुको उपचारमा पंचकर्म योगाको साथमा आयुर्वेद उपचार धेरै नै प्रभावकारी र फाईदाजनक देखिएकोले पूर्वी नेपालबट पनि धेरै संख्यामा विरामीहरु यी सेवा लिन भारततर्फ जाने गरेका छन् । स्वदेशमा नै आफ्नै ठाउँमा यो सेवा उपलब्ध गराउनसके धेरै विदेशिने रकम यही सन्चित हुन्थ्यो । तसर्थ माथि भनिएका सेवा सम्बन्धी सीप र अनुभव भएका प्राविधिक जिल्ला आयुर्वेदमा रहेकाले उनीहरुको सीपको सदुपयोग गरी सेवा बिस्तार गर्न सकिन्छ । उनीहरुको सेवाले यहाँका सर्वसाधारणको निःशुल्क उपचार गर्नसके सयौं विरामीले मृत्युको मुखबाट फर्किएर जीवनयापन गर्न सक्ने थिए ।
– पाइल्स, फिल्टुलाको उपचारमा हाल क्षारसूत्र चिकित्सा अति नै भरपर्दो र प्रचलित पद्धति हो । यो सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीमा उपलब्ध छैन । यो सेवा उपलब्ध गराउन सक्दा जनता कम्तीमा तीन गुणा कम खर्चमा यो सेवा प्राप्त गर्न सक्दछन् । यो उपचारका नाममा नेपालका सीमावर्ती बजारबाट गरिने प्रचार र ग्यारेन्टीको नामले धेरै जनता लुटिएका छन् । भने, वर्षेनी लाखौं रकम विदेश पलायत भइरहेको छ । अतः यो सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा नै उपलब्ध गराउँदा पाँच हजार रुपैयाँमा नै गराउन सकिन्छ । जबकी बजारमा १५ हजार रुपैयाँसम्म यो सेवा लिएवापत सर्वसाधारणले खर्चनु परेको छ । भारतमा पनि यो सेवाका लागि नेपालीले ३५ हजार रुपैयाँसम्म खर्चने गरेका छन् ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अझै पनि प्याथोलोजी सेवाको व्यवस्था छैन । यसकारण सामान्य परीक्षण गराउनु परेमा विरामी मेची अञ्चल अस्पताल वा बिर्तामोडसम्म धाउनु परेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा प्याथोलोजी सेवा उपलब्ध गराउन सके सर्वसाधारण विरामी धेरै लाभान्वित हुन्छन् ।
– आयुर्वेद औषधि महँगो र मिश्रण गर्नुपर्ने हुन्छन् । गुणस्तरीय औषधि मिश्रण भएन भने जनताको पैसा बेकारमा जाने र स्वास्थ्य लाभसमेत हुन सक्दैनन् । नेपाल सरकारले पनि स्वास्थ्य संस्थाले सशुल्क फार्मेसीसमेत आफैं सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको सन्दर्भमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बजेट अभावले सो स्थापना गर्न सकिएको छैन । अतः केही सहयोग भएको खण्डमा सो सेवासमेत सञ्चालन गर्न सकिने तथा सुपथ मूल्यमा गुणस्तरीय औषधि जनतालाई उपलब्ध गराउन सकिन्छ ।
उदेश्य ः
– पञ्चकर्म, क्षारसूत्र लगायतका सेवा केन्द्रीय आयुर्वेद अस्पताल नरदेवी, शिक्षण अस्पताल कीर्तिपुर तथा काठमाडौंका केही निजी संस्थामा सञ्चालित छन् । काठमाडौं बाहिर सरकारी सेवा आम जनतामा पु¥याउने दरिलो साधन बन्नेछ ।
– बजारमा क्षारसूत्र चिकित्सा लिंदा विरामीले १५ देखि २० हजार रुपैयाँ खर्चनुपर्छ । अझ यहाँका विरामीहरु सीमावर्ती बजारमा गएर ३० देखि ५० हजाररुपैयाँसम्म खर्चिने गरेका छन् । सो सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापामा पाँच हजार रुपैयाँमा उपलब्ध गराउन सकिन्छ । त्यसैगरी बजारको पञ्चकर्म सेवाको तुलनामा पाँच गुणा सस्तोमा उपलब्ध गराउन स्वास्थ्य केन्द्रले सक्छ ।
– पूर्व पञ्चकर्म सेवा लिन रोगीहरु काठमाडौं वा भारतको दिल्ली, गुजरात, केरला, हरिद्वार जानुपर्ने बाध्यता हट्नेछ ।
– सहुलियत (छुट) दरमा सशुल्क गुणस्तरीय औषधि उपलब्ध गराइनेछ ।
– सस्तो दरमा गुणस्तरीय अति आवश्यकीय प्याथालोजी सेवा उपलब्ध गराइनेछ ।
– आयुर्वेदको नाममा हुने गरेका झुटा प्रचार तथा ठगीबाट जनतालाई सचेत गराउँदै आयुर्वेद सेवाको प्रभावकारितालाई वृद्धि गर्दै आयुर्वेद चिकित्साको माध्यमबाट जनताको स्वास्थ्यको रक्षा एवम् रोगको उपचार गर्ने ।
– सरकारी संस्थाबाटै प्याथोलोजी एवम् फार्मेसी सेवा उपलब्ध गराउने सरकारको नीति कार्यान्वयन गर्ने ।
– असहाय, गरीब जनतालाई सुर्वसुलभ रुपमा वा निःशुल्क गुणस्तरीय आयुर्वेद उपचार उपलब्ध गराउने ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापामा रहेका प्राविधिकहरुको ज्ञान र सीप र क्षमताको झापाली जनताकै सेवाका लागि उपयोग गर्ने ।
– समुदायको तल्लो तहसम्म आयुर्वेद विशेषज्ञ सेवा उपलब्ध गराउने ।
भौतिक पूर्वाधारको अवस्था ः
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापामा आवश्यक जग्गा तथा क्षेत्र भएको ।
– पंचकर्म हल निर्माण एवम् संस्था मर्मतको लागि केही बजेट विनियोजन भएको ।
– पंचकर्म÷क्षारसूत्र उपचारको लागि आवश्यक फर्निचर तथा उपकरणको लागि केही बजेट विनियोजन भएको र शहरी विकास तथा भवन निर्माण कार्यालयले केही सहयोग गरेमा भवन तथा यन्त्र उपकरणको समस्या हाललाई नहुने, विस्तारका लागि सरोकारवाला निकायमा पहल गर्दा हुने देखिन्छ । तसर्थ मातृ विज्ञानका रुपमा चिनिएको आयुर्वेदको विकास र बिस्तारमा सरकारी स्तरबाटै दरिलो कदम चाल्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here