काँकरभिट्टामा अर्काे गोल्डकप फुटबल प्रतियोगिता थपिने

0
416

मेचीनगर ,मंसीर २५र पुस दोस्रोसातादेखि नेपाली फुटबलको उर्भर भूमिको रुपमा स्थापित झापाको काँकरभिट्टामा अर्काे गोल्डकप फुटबल प्रतियोगिता थपिने भएको छ । वर्षदिनअघिमात्र काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिता सफलरुपमा सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करण नाममा अर्काे प्रतियोगिता पुस १६ देखि सञ्चालन गर्ने भएको छ ।
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शनिबार पत्रकार सम्मेलनमार्फत बताएको छ । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगितामा दशवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । नकआउट प्रणलीमा आठ दिन सम्म चल्ने प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित झापा ११, रुपन्देही ११, सशस्त्र प्रहरीको विभागिय एपीएफ क्लव, हिमालयन शेर्पा काठमाण्डौं, सिएमजी क्लव संकटा काठमाण्डौं, बिआरसी फ्रन्डस क्लव भुटानको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।
मनाङ मस्र्याङ्दी र नेपाल आर्मीमध्ये एउटासमेत टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्ने आयोजक क्लबका अध्यक्ष बस्नेतले बताए । त्यस्तै खेलको वेष्ट प्लेयरले नगद २५ हजार, वेष्ट गोल किपरले १० हजार, हाई स्कोररले १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको मुख्यः प्रायोजकका रुपमा मेची नेत्रालय र सहप्रायोजकका रुपमा मेची बस व्यवसायी संघ रहेका छन् । मुख्यः प्रायोजक र सहप्रायोजकले यो प्रतियोगिताको परिणाम हेरेर वर्षेनी सहयोग गर्ने प्रतिवद्घता जनाएका छन् ।
मेची नेत्रालयले नगद ५ लाख र मेची बस ब्यवसायी संघले नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रयोजक र सहप्रायोजक तथा आयोजक बीच शनिबारनै सम्झौता भएको छ । सम्झौता पत्रमा मेची नेत्रालयतर्फबाट सञ्चालक डाक्टर शरदचन्द प्रकाश राई, मेची बस ब्यवसायी संघकातर्फबाट अध्यक्ष श्रीप्रसाद मैनालीले हस्ताक्षर गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न कुल ४३ लाख ६७ हजार ६ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा १ सय १ प्रतियोगिता मुल आयोजक समिति, डिल्लीराम घिमिरेको संयोजकत्वमा १३ सदस्यीय सहयोग समिति र काँकरभिट्टा भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङको संयोजकत्वमा ४ सदस्यीय सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here