एकादशाह ज्ञान महायज्ञ

0
1017

शान्तिनगर, माघ २४ । झापाको शान्तिनगर–६ स्थित सुनमाई शिवालय मन्दिरमा फागुन ३ देखि १४ गतेसम्म सनातन शिब शक्ति एकादशाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
जीर्णोदार मन्दिरको भौतिक पूर्वाधार सुधार गर्ने उद्धेश्यले सो महायज्ञ आयोजना गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष लेखनाथ अर्यालले बताए ।

अध्यक्ष अर्यालका अनुसार– मन्दिरको अवस्था नाजुक रहेको छ । कतैबाट सहयोग छैन् । चन्दादाताको भरमा मर्मत संभार गरिरहेका छौ । पुजारीलाई तलब र भक्तजनका लागि आवश्यक आवास बनाउन नसको उनको भनाई छ । भजन किर्तन भुईमा बसेर गर्नु पर्ने बाध्यता छ । उनले भने–पुराणमा कथा श्रवण गर्न आउने भक्तजन र चन्दादाताहरुले दिएको सहयोगले तत्कालिन समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा राखेका छौ’ ।

पुराण सफल पार्न लेखनाथ अर्यालको संयोजगत्वमा १३ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, अलग—अलग फाँटका बिभिन्न उप–समिति बनाईएको छ । २०३३ साल असार १४ गते स्थापना भएको शिबमन्दिर बिभिन्न धार्मिक दाताहरुको आर्थिक सहयोगमा प्यागोडा शैलीको मन्दिरमा परिणत भएको छ ।

उक्त एकादशाह ज्ञान महायज्ञमा प.श्री गोपाल शरण (शास्त्रि), उपवाचक प.श्री ऋषिराम काफ्ले, गणेश गुरु श्री सिताराम खतिवडा, बेद गुरु प.श्री इन्द्रलाल गड्तौलाको मुखारबृन्दबाट शिव महापुराण ज्ञान महायज्ञ, महारुद्राभिशेष, बेद पाठ एवम् बटुकहरुको सामुहिक उपनयन (प्रतबन्ध) हुने मुल आयोजक समितिका सचिब राजु आचर्यले बताए ।

मन्दिर परिसरमा सरसफाई, रंगरोगन, टेन्डल निर्माण लगायतका काम भईरहेको छ । पुराणबाट करिब १५ लाख रुपयाँ संकलन गर्ने आयोजकको लक्ष्य छ । मन्दिरलाई सहयोग पुर्याउने दाताहरुलाई सम्मान समेत गरिने आयोजक समितिका नवराज गड्तौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here