पूर्वबाट आयो औषधि ब्यावसायीलाई सानो सुझाव…!

0
979
सुरेस खतिवडा

सामाजिक सञ्जालका भित्ताहरु नेपाल औषधि ब्यवसायी सघं को पोखरा  १३ औं केन्द्रिय अधिवेशनसंग जोडिएका पोष्टहरुले भरिएका छन भने ब्यावसायिहरु गन्तव्यमा पुगे सगै पोखराका पर्यटकिय स्थलहरुमा खिचिएका रमाईला तस्बिरहरु पनि सगै जोडिएर आउन थालिसकेका छन।

राजनीतिक दलका भातृ संगठनहरु  आफ्नो माउपार्टीलाई बलियो बनाउन आफ्नो अस्तित्व चुनावी प्रक्रियाद्वारा नै स्थापित गराउन होडमा रहे झै अन्चल शाखाहरु विभिन्न तरिका बाट आफ्नाहरु नेतृत्वमा पुर्याउन खटिरहेेेेका छन ा यि सबै प्रक्रियाहरु उनीहरु आआफ्नै शाखाको  लागि उत्सव र महोत्सव नै बनेका छन् ।
अौषधि ब्यावसायिहरुका लागि लागि यो पर्व गत बर्षहरु भन्दा फरक र पृथक रुपमा सम्पन्न हुन गइरहेको छ ।

देस नया संरचनामा ढालिएको छ। केन्द्र,प्रदेस र स्थानिय तह अनुसार का हरेक सघ-संगठन का प्रारुपहरु तयार पारिन्दै छन। त्यसै अनुसार हाम्रो नेपाल अौषधि ब्याबसायि  सघको पनि आकार  र चरित्र परिबर्तन कै क्रममा छ। यो पटक फरक पनि किन छ भने आफ्ना लागि उमेरदारलाई मत जुटाउन प्रसस्त समय प्राप्त गरेका छन । पुर्वमा मेचि खोला नजिकको   पुरानो थकाली भान्साघर र आधुनिक  डिजायर होटल देखि महाकालि पारी दोधारा र चादनी समेत को चर्चा  यो महा अधिवेसनमा  भएको छ भने  यो चुनावी दौड धुप समेत अव लगभग अन्तिम चरणमा पुुुुगिसकेको छ ।

करिब ८० प्रतिशत खुद्रा औषधि व्यवसायीहरु र २० प्रतिशत थोक अनि अायात निर्यात सहितका व्यवसायीको बाहुल्य रहेको यस संघ मा यो पटक केन्द्रका लागि जम्मा २७० जनाले मतदान गर्दैछन् । प्रत्येक अन्चलका कार्यसमिति र पुर्ब अध्यक्षहरु सलग्न  हुनुहुने यो विशेष कुम्भ मेलामा यस पटक मेचि र कोशि शाखाले प्रदेस न १ को रुपमा प्रतिनिधित्व गर्दैछ भने केन्द्गिय अधिवेसन लगतै प्रदेस तदर्थ समिति सयुक्त रुपमा गठन हुने नै छ । सबै प्रकारका औषधि व्यवसायीहरु आयुर्वेद, होमियोप्याथिक तथा एलोपेथिक ,अायात- निर्यात ब्यवसायीहरु आ–आफ्नो पेशा संरक्षण गर्न सक्ने व्यवसायीलाई प्रत्यक्ष रुपमा मत दिएर यहि पखरेली अधिबेसन मार्फत नेतृत्वमा लैजाँदैछन् ।

न्युट्रासिटिकल्स प्रोडक्ट को बिगबिगिमा प्रताडित खुद्रा ब्यावसायिहरुको समस्या ,अौषधि ब्याबसायि को गलत प्रचारको प्रतिकार नहुनु, ब्यावसायि र धनीबीचको समस्या, ब्यावसायिले संचालन  गरेका साना किल्निकको स्तरीकरण वा ग्रेडिङका मुद्दाहरु, कालो बजारी, मुल्यको अनेकता, थोक ब्यवसायीहरुलाई औषधि वितरणमा समस्या,अौषधि झै लाग्ने पदार्थहरुको खुलेआम बिक्री बितरण र फैलाईएको  भ्रम प्रति वेवास्ता , औषधि सम्बन्धी मुद्दाहरु,औषधि पसल खुलेपछि बन्द नहुञ्जेेल खाना खान र दिसापिसाब समेत गर्न जाँदा बन्दै गरेर जानुपर्ने बाध्यता, अौषधि ब्यवसायीले जानेका स्वास्थ्य परामर्श दिन र समेत बन्देज, धनिको को ब्याबसायमा रहदाको परिभाषा,महत्व  र परिचय  नहुनु  जस्ता सुक्ष्म र नदेखिने समस्याहरुलाई थाँती राखेर संघको पदमा मात्र लुप्त हुनेलाई हामीले चयन गर्दा उचित हुन्छ या आफै भुक्त भोगी भएर त्यसलाई निराकरणका निमित्त पदमा जान्छु भन्ने जागरुक पदाधिकारीहरुलाई……. ?

चुनावमा भोट माग्न दस हजार खर्चन सक्ने तर समस्यामा ब्यावसायिका निमित्त दस रुपैयाको फोन गरिदिन नसक्ने नेतृत्वका उमेरदारलाई चयन गर्ने या सहयोगि हात भएकाहरुलाई… ?     निति निर्माण मा यहि सघं मार्फत हैसियत बनाएर सहभागि जनाउने र काम गर्न नसक्ने लाई जिताउने या गर्छु भन्ने लाई …?   त्यसका   लागि आफ्नो चेतना र विवेकको परीक्षणको क्षण यहि बैसाख ६  र ७ गते सम्पन्न हुन गईरहेको औषधि व्यवसायीहरुको पोखरा चुनावी सभा नै हो भन्न सक्नुु पर्दछ । संघको मूल मर्म भनेको व्यवसायिक कठिनाईहरु लाई सहजीकरण गर्नु हो भन्ने बुझेका र बुझ्नेलाई नेतृत्व तहमा पुर्याउनु हाम्रो भूमिका हुनु नै पर्दछ नकि डर, त्रास र बहकाउमा अनि ब्यापार बढाईदिने प्रलोभनमा ।

सघमा प्रशनहरु उव्जिएका छन…! आयुर्बेद अौषधि समवन्धि कारोवार गर्ने ब्याबसायि साथिहरु ,बिभिन्न तहका फार्मेसि पढेर ब्यावसायमा आबद्द साथिहरु, भेटेर्ेनरि  अौषधि ब्यावसाय गर्ने ब्यावसायिहरु लाई समेत ब्यावसायि नै मानेर संगठित बनाउदै अौषधि ब्यावसायि संघ अन्तर्गतका ईकाई हरु बनाउदै जानु पर्नेमा त्यसो भई नराखेको अवस्था देख्न सकिन्छ।  एउटै ब्याबसाय गर्नेहरु अनेक नाममा स्पेसिफिक बन्दै किन विभिन्न सगठन खोल्दै अगाडि बढन चाहिँ रहेछन ..? किन उनिहरु आफ्नो अस्तित्व यहि पुरानो ,प्रतिस्ठित र पहुच भएको सघंमा देख्न सकिरहेका छैनन् ? किन अाफुलाई फरक बिधाको महसुस गरि रहेेेेका छन? किन एउटै पेशा गरिएता पनि पढाइ लाई ईस्यु बनाउदै झुन्ड झुन्ड बन्दै अगाडि बढ्न चाहिरहेछन् ..? कतै पुर्व नेतृृृृत्वको सदस्यहरु प्रति को जवफदेहितामा कमि पो भएर हो कि…!?   उंहाहरु  आफैले  मनन गर्नु पर्ने बेला आएको छ।

हामी औषधि व्यवसायीहरुले आफ्नो समस्याहरुलाई आफैले बुझ्ने बेला यहि अधिवेसन नै हो। चुनावि अधिबेसन  यस्तो एक कडी हो जसले आफुमा फुट नदेखाईकन आफ्ना हकहितका पक्षमा बोल्ने -बोल्न लगाउने,समस्यामा साथ दिने -दिन लगनउने र नीति नियम परिमार्जनका निमित्त लड्ने- लड्न लगाउनेलाई नै अगाडि बढ्न ऊर्जा प्रदान गर्दछ । औषधि व्यवसायीहरुले मेरा हिजोका समस्या के थिए मैले ब्संयासायि घमार्फत आफ्ना अप्ठ्यारामा के सहयोग प्राप्त गरे..? मेरा लागि सहज हुने नीति निर्माणका लागि पूर्व पदाधिकारीहरुको कस्तो कसरत रह्यो? बिगतमा  भएका अनुगमन तथा निरीक्षणमा समस्या पर्दा सहजीकरणमा संघका पदासिन सदस्यहरुको के कस्तो प्रत्यक्ष भूमिका रह्यो ? ग्राहक हाम्रा देवता हुन भन्ने हाम्रो मुल आदर्सलाई कतै नेतृत्वले नाफामुखी बन्न प्रेरित गर्देछ कि..! अौषधि ब्यावसायि भनेर पाउने सम्मान ईज्जत प्रतिस्ठाको प्रतिसत  अहिले घट्दै गएकोमा बिगतका नेतृत्वले बेवास्ता गरि रहेछन की..?! त्यस बखत खुद्रा  व्यवसायीहरु त्यस  बढी प्रताडित भए की थोक औषधि व्यवसायीहरु बढी मर्कामा परेका थिए ?त्यसलाई स्वयम् व्यसायीले निडर र दोधार नभईकन निर्णयमा पुग्ने बेला आएको छ । सबै औषधि व्यवसायीहरु एक हौं,सबैको एकै भावना छ त्यसैले त हामी संगठित छौं भन्ने हाम्रो साझा नारालाई आत्मसात गर्दै हामी ईमान्दार  बहुमत सदस्यले कसैको बहकाउमा नलागिकन निर्णयमा पुग्नुपर्दछ ।

 हामी पुर्बका..! हामी मेचि नदि किनारका …! हामी पाथिभरा देबिकी काखमा रमाएका …!  कोशिको र कोका को जल झै सफा र पबित्र मन भएका नै भन्न रुचाउने हामी …!   औषधिजन्य पदार्थहरुको विक्री वितरण गर्ने वा व्यवसाय गर्नेहरुको संगठनका रुपमा वि.स. २०३० सालमा स्थापित औषधि व्यवसायी संघको मेची शाखा संस्थापक अध्यक्षका रुपमा दमकका व्यवसायी एवम् समाजसेवी देवराज गुप्ताले स्थापना गरे पश्चात भएको हो ।  व्यवसायीहरुको शुस्म  प्रकृतिका पीडा-समस्याहरु ,हक हित  र व्यवसाय संरक्षणका जस्तो पक्षहरुमा आफ्नो सकारात्मक भूमिका रहने विद्यान सहित स्थापित यो संस्थाले भोली देखी २०७६  बैसाख ६ र ७ गते संवत् स्फुर्त रुपमा केन्द्रिय अधिवेशन पोखरामा भाग लिदै भव्य र सभ्य रुपमा सम्पन्न गर्न साथ दिदैछ  । त्यसका लागि कार्यसमिति सहित मेचि बाट ४२ जना सहभागि जनाउन पोखरा पुगिसकेका छन ।  त्यस्तै  प्रदेस न १ बाट  केन्द्रिय समितिमा पदाधिकारी  केन्द्रिय महासचिव पदका लागि मेचि- महाकालि सम्मकै ब्यावसायिका निमित्त सधै क्रियसिल  र लोकप्रिय   कुमार खतिवडा  ,थोक सदस्यमा मेेेेचिका निबर्तमान अध््यक्ष श्याम कोईराला र महिला सदस्यमा  बिर्तामोडकी क्रीयसिल अौषधि  ब्यावसायि शर्मिला शाक्यको उमेरदारी दर्ता हुने हाल सम्म खुलासा भएको छ।

हामी आफै सक्षम छौं, पूर्जा पढ्न सक्छौं, त्यसै अनुसार औषधि बितरण सगै परामर्श समेत दिन सक्दछौं, दर्ता गरेका छौं,कानूनी रुपमा पक्का छौं भने आफ्नो पक्षमा नीति निर्माण गर्न,  केन्द्रमा आफ्ना सवल र सक्षम नेतृत्व पुर्याउन हामी किन चुकिरहेका छौं ? कतै हामी बाहिर एउटा कुरा अनि भित्रबाट अर्कैै निर्णयमा पुग्ने बानीको विकास आफैबाट गरिरहेका त छैनौ ? कतै टेबलमा उब्जाइएको भ्रमपूर्ण त्रासबाट हामी विचलित त भइरहेका छैनौं ? कतै हामी आफ्नो अस्तित्व नै कुनै एक तत्वको हावीका कारण गुमाउने स्तरमा त पुग्न लागेका छैनौं ? हामीले सोच्ने बेला आएको छ यहाँ आफू निर्णयमा पुग्न आफैलाई असक्षम ठान्ने अनि दोष सिंगो संघ र संगठनलाई थुपार्ने परिपाटीको अन्त्य स्वयम् औषधि व्यवसायीहरुले नै गर्नुपर्दछ ।

समय परिवर्तनशिल छ आज भन्दा केही बर्ष अगाडिको हाम्रो चेतनाको स्तर र अहिलेको सुझबुझ पक्कै पनि परिवर्तन भएको हुनुपर्दछ र हुन जरुरी पनि छ । यस अवधिका घटनाक्रमहरुले हामीलाई पक्कै पनि चेत खुलाएको र पाठ सिकाएको हुनुपर्दछ । विरलै हुने गरेका प्रलोभन र बहकाउमा परेर लिइएका घट्कीहरु र होटलमा लिईएका गाँसहरुले हाम्रो आत्मको निर्णयलाई परिवर्तन नगरोस् । सहि र नेतृत्व गर्न सक्ने जिम्मेवार ब्यक्ति छनोटमा त्यसले हाम्रो हात नकमाओस् । सिंगो संघको गरिमा उच्च राख्न सबल, सुक्षम र सहयोगी पात्र छनौटमा परोस् न कि पाटी, सेमीनार र भ्रमण केन्द्रित ।                                                                         sureshkhatiwada112@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here