दिलकुमारीको नाम जस्तै काम (भिडियोसहित)

0
732

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–२ बालुवाटारकी दिलकुमारी राई समाजमा उदाहरणीय बनेकी छिन् ।
पछिल्लो समय सूचना र प्रविधिको विकाससँगै मानवता हराउँदै गएको छ । अधिकांश समय सामाजिक सञ्जालमा व्यस्त रहँदा मानिसले सामाजिक उत्तरदायित्व भुल्दै गएको छ । जसका कारण मानिस वा अन्य कुनै प्राणीमाथि गर्नुपर्ने माया, ममता, स्नेह, सहयोग र सद्भाव आदि सबै बिर्सिदै गइरहेको छ । तर, वालुवाटारकी राईले दुवै आँखा गुमाएर सहाराविहीन अवस्थामा रहेकी ५५ वर्षीया धामोसरी राजवंशीलाई सहयोगसहित आश्रय दिएर समाजकै उदाहरणीय महिला बनेकी हुन् ।

तीन छोराकी आमा दिलकुमारीले आफ्नै परिवारको सदस्यझैं आमा मानेर राजवंशीलाई लामो समयदेखि सहयोग गर्दै आएकी छिन् । आफ्नो भन्नु कोही नहुनु र भएका दुवै आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा के हुन सक्ला ? यस्तै विपत्तिको सामना गर्दै आएकी धामोलाई राईले लामो समयदेखि हेरचाह मात्र होइन छोरीले गर्नुपर्ने सम्पूर्ण कर्तव्य निर्वाह गरेकी छिन् ।

दुई दशक अघि श्रीमान खगेन्द्र राजवंशीले साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको लालनपालन गर्दै आएकी धामोले जवान छोरी चार वर्ष अघि गुमाइन् । छोरी गुमाएपछि एक्लो र सहाराविहीन बनेकी धामोलाई दिलकुमारीले नै शुरुमा आफ्नो घरमा आश्रय दिइन् । एक वर्षसम्म आफ्नै घरमा राखेर हेरचाह गरेकी राईले धामोको इच्छामा पुनः उनकै घरमा फर्काइन् । तर, उनको हेरचाह गर्न भने छाडिनन् । जवान छोरी गुमाए पनि धामोले राईको माया पाएर विस्तारै छोरी भुल्दै गइन् । धामो र राई अहिले आमा छोरी भएका छन् । धामोले दिलकुमारीलाई छोरी भन्छिन् भने राईले पनि आमाका रुपमा धामोलाई हेरेकी छिन् ।

सहाराविहीन हुँदा सहारा दिने मानिस छोराछोरी नभएर को हुन्छ ?– धामोले भनिन्– ‘दिलकुमारीले छोरीले भन्दा धेरै हेरचाह गरेकी छिन् । सुत्केरी व्यथाले जब मेरी छोरी सुमित्राको मृत्यु भयो त्यसपछि दिलकुमारीले नै मलाई हेरचाह गर्दै आएकी छिन् ।’

एक वर्षसम्म घरमै राखेर पालन पोषण गरिन्, त्यसपछि म आफ्नै घर जान्छु भन्दै जिद्दी गरेपछि उनले घरमा व्यवस्थापन गरिदिइन्– धामोले भनिन्– ‘म घरमा एक्लै हुँदा पनि दिलकुमारीले आमा भन्दै घरमै हेरचाह गरिरहिन् । मिठो मसिनो सँधै पु¥याइरहिन् । रगतको नाता हामीमा नभए पनि उनको र मेरो भावनाको नाता छ । जुन नाता रगतको नाता भन्दा गाढा छ ।’

राईले सहाराबिहीन राजवंशीलाई खान र बस्नको मात्र व्यवस्था गरिनन् धामोको सामाजिक सुरक्षा भत्ता समेत सुरक्षित गरिदिइन् । उनी आफैं धामोको संरक्षक बसेर सामाजिक सुरक्षा भत्ता निकाली दिन्छन् । बिर्तामोडबाट घैलाडुब्बासम्म पुगेर उनैले धामोको सबै प्रक्रिया पु¥याउँदै सामाजिक सुरक्षा भत्ता निकालेर ल्याउने गरेको र अहिले वैंकमार्फत पनि उनैले उनको सामाजिक सुरक्षा भत्ता ल्याइदिने गरेको धामोले बताइन् । उनले भनिन्– म बिर्सन्छु तर छोरीले बिर्सिन्न, आमा भत्ता आएछ भन्दै उनले हातैमा भत्ता राखिदिँदा कहिलेकाहीँ छोरीको अर्काे रुपमा दिलकुमारी नै आएकी हुन् कि झैं लाग्छ ।

दिलकुमारीको भूमिका धामोका लागि त्यत्तिमा मात्र सीमित छैन । जव धामो बिरामी पर्छिन् त्यतिबेला पनि हेरचाह गर्ने उनै हुन् । उनले अस्पताल लाने र औषधि उपचार गर्ने गरेकी छिन् ।
झुप्रो घर, त्यसमाथि एक्लै, अझ ठूलो समस्या दुवै आँखा नदेख्नु । धामोको जीवनमा योभन्दा ठूलो विपत्ति के आउन सक्ला र ? त्यस्तो अवस्थामा धामोलाई देखेपछि पूर्वाञ्चलकर्मीले उनको अवस्थाको विषयमा गत चैतमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन लगत्तै सहारा नेपाल चारपानेले हेविट्याट फर ह्युमानिटीको सहयोगमा धामोको घर निर्माण शुरु गरेको छ । अहिले धामोको घर धमाधम निर्माण भइरहेको छ । बिर्तामोडकी जनप्रतिनिधि निता घतानीले धामोको विषयमा थाह पाएपछि सहयोगका लागि नगरपालिका र सहाराको कर्मचारीसँग सम्पर्क गरेकी थिइन् ।

सहारा नेपालकी कर्मचारी पुष्पाञ्जलि सिन्हा, लीला शिवाकोटीसहितका कर्मचारीको पहलमा धामोको घर निर्माण कार्य अघि बढाएपछि दिलकुमारी पनि अहिले दंग छिन् । उनी भन्छिन्– ‘दुःखीका दिन आउँछन् भन्थे हो रहेछ । मैले सुनेकी मात्र थिएँ, दुःखीका दिन फर्किएको आफैले अनुभव गरँे ।’

बिर्तामोड–२मा रहेको राजवंशीको तीन धुर जग्गामा बिर्तामोड नगरपालिका र बिर्तामोड–२को एक लाख ५० हजार आर्थिक सहयोग तथा ह्याविट्याट र सहारा नेपालको प्राविधिक सहयोग तथा श्रमदानले अहिले धामोको घर निर्माण भइरहेको छ । वृद्धा धामोसरीको घर निर्माणसहित स्वास्थ्य उपचार र पालनपोषणका लागि समेत बिर्तामोड नगरपालिकाबाट पहल भइरहेको बताइएको छ ।
झापामा सहारा नेपालले विगत १३ बर्षदेखि निरन्तररुपमा ह्याविट्याटसँगको साझेदारीमा सुरक्षित आवाससँग सम्बन्धित कार्यक्रम गर्दै आएको सहारा नेपालकी कार्यक्रम व्वयस्थापक सिन्हाले बताइन् । उनले ह्याविट्याट र सहाराले आवास निर्माण, सुरक्षित आवास सम्बन्धित जनचेतना, स्वयम्सेवक परिचालनलगायतका कार्यक्रमहरु गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा झापामा स्थानीय निकायको सहकार्यमा ह्याविट्याटले २ सय १८ विपन्न, दलित, एकल महिलाको घर निर्माण गरेको ह्याविट्याटका कार्यक्रम व्यवस्थापक सन्दीप पौडेलले जानकारी दिए । यता घर निर्माणमा सहयोग पु¥याउँदै आएकी सिन्हाले धामोसरीको घर यसै महिनाभित्र निर्माण सम्पन्न गर्ने र हस्तान्तरण गरिने बताएकी छिन् ।

झापा बिर्तामोड–२, बालुबाटारकी धामोसरी राजवंशीको कठोर जिन्दगी ।पुरा हेर्नुहोस्, तपाई आफ्नो दुःख बिर्सनु हुन्छ ।

Posted by Aamsanchar on 2019 m. balandžio 30 d., antradienis

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here