अर्जुनधारा।
पूर्वेली कलाकार संघको दोस्रो प्रस्तुति र झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको विशेष सहयोगमा ‘यथार्थ अन्धविश्वासको’ वृत्तचित्र निर्माण शुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा देखिएको विकृति, विसंगति र अन्धविश्वासलाई उजागर गर्ने उद्देश्यले निर्माण शुरु गरिएको उक्त वृत्तचित्रको आइतबार झापाको चारआलीस्थित पाउ पाथीभरामा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शुभमुहूर्त गरेका थिए ।
पूर्वको इलाम र झापा जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिने वृत्तचित्र ४० मिनेट लामो हुने निर्देशक कसम खवासले बताए ।
वृत्तचित्रमा कलाकारहरु खगेन्द्र ढकाल, डिवी गिरी, दीपेश भट्टराई, पवन आचार्य, राजा कन्दङ्वा, विनोद रिसाल, विन्दु श्रेष्ठ, सुमन खवास, स्मीता देवान र ज्ञानु श्रेष्ठ लगायतको अभिनय रहनेछ ।
जम्मा लागत चार लाख रुपैयाँमा सम्पन्न हुने वृत्तचित्रको निर्माता डिवी गिरी, पटकथा बिजू लिम्बू, छायांकन नरेश चौधरीको रहने बताइएको छ ।