सडक कालोपत्रेबारे सार्वजनिक सुनुवाई

0
456

अर्जुनधारा, झापाको अर्जुनधारा–७ स्थित पौड्याल चोक–दाहाल चोक सडक कालोपत्रे निर्माण गर्ने योजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलीप पौड्यालको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका सदस्य समिर गिरीले योजनाको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको प्रतिवेदन अनुसार गत मंसीर १७ गते सम्झौता भई आगामी जेठ ३० गते सम्पन्न हुनुपर्ने योजना अन्तर्गत जम्मा २८ लाख ७५ हजार छ सय २२ रुपैयाँ २० पैसाको लागतमा अनुमानित पाँच किलोमिटर सडक कालोपत्रे गरिएको उल्लेख गरिएको छ । कालोपत्रे गर्न वडाको विकास बजेट कार्यक्रम मार्फत् २५ लाख रुपैयाँ विनियोजन भएको र बाँकी जनश्रमदान रहेको उल्लेख गरिएको छ ।
स्टीमेट अनुसार लम्बाई चार सय ४० मिटर र चौडाई ५.५ मिटर कालोपत्रे गर्नुपर्नेमा डेढ महिनाअघि नै सम्पन्न भएको उक्त योजनाको स्टीमेटमा उल्लेख भएभन्दा बढी कार्य भएको समितिका अध्यक्ष पौड्यालले बताए ।
वडाको मुख्य सडकमा पर्ने सो सडक पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकको वैकल्पिक मार्गकोरुपमा रहेको वडाध्यक्ष नवराम ढुंगाना ‘नवीन’ले दाबी गरे । छिमेकी वडा नं. ४ को पाँच सय मिटरसँगै अनुमानित चार किलोमिटर लम्बाई रहेको उक्त सडकमा कालोपत्रेको काम आफ्नो कार्यकालभरी सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
वडाको बजेटबाट भएको पहिलो कालोपत्रे सडककोरुपमा परिचित उक्त सडकको तीन किलोमिटरसम्म स्तरोन्नतीको काम सम्पन्न भइसकेको वडा सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’ले जानकारी दिए ।
कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, समाज कल्याण संघका अध्यक्ष युवराज पौड्याल, स्थानीयहरु कोमलप्रसाद निरौला, सुशिला पौड्याल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सदस्य गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here