परिवार दलका अध्यक्ष पनेरुद्वारा पार्टी परित्याग

0
438

बिर्तामोड, नेपाल परिवार दलका जिल्ला अध्यक्ष जीवन पनेरुले पार्टी परित्याग गरेका छन् ।
पार्टीको १ नम्वर प्रदेश सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्यागको घोषणा गर्दै आगामी दिनमा अझ सक्रियताका साथ राजनीतिक क्षेत्रमा सहभागी हुने जनाएका छन् । तर, कुन पार्टीमा रहेर सक्रिय राजनीतिक गर्ने विषयमा भने केही लेखेका छैनन् ।
लामो समयदेखि परिवार दलमा आवद्ध उनी केही समय यता पार्टीको गतिविधि प्रति असन्तुष्ट बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here