टिपर दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

0
504

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका ११ मा आइतबार टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको टिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी टिपरका चालक सोलुखुम्बु साबिक नेचा ३ बस्ने २१ वर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here