भद्रपुर ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्ध दिवसको अवसरमा भद्रपुर २ स्थित सरस्वती माध्यमिक विद्यालयलका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोसाक कपडा वितरण गरिएको छ ।
झापा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष स्व. ओमप्रकाश गोयलको स्मृतिमा समाजसेवी एवम दाता दिनबन्दु गोयलले सो विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीहरुलाई पोसाक कपडा वितरण गरेका हुन ।
मंगल सेवा समिति भद्रपुरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठ र विशिष्ट अतिथि समाजसेवी दिनबन्धु गोयलले पोसाकको कपडा वितरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका सदस्य पदम सुब्बा, झापा नेत्रहिन संघ झापाका अध्यक्ष द्रोणचार्य निरौला, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार राजभण्डारी, मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख कमल गुरागाँई लगायतले शुभकामना मन्तव्य राखेको विद्यालयका प्रधानाध्यापक जयिता रायले जानकारी दिइन् । मंगल सेवा समितिका उपाध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र तिम्सिनाले गरेका थिए ।