‘अलैंचीको मूल्यवृद्धिका लागि हाम्रो प्रयास जारी छ’

१ असार २०७६, आईतवार मा प्रकाशित

नेपालको पूर्वी क्षेत्रमा लगाइने अलैंची यहाँका किसानले प्रमुख नगदे बालीका रुपमा लिने गरेका छन् । यसलाई कालो सुन समेत भन्ने गरिन्छ । संसारभरिको उत्पादन मध्ये लगभग (३३.३५) प्रतिशत अलैंचीको उत्पादन नेपालमा हुन्छ । तर, प्राकृतिक विपत्ति तथा भाइरल र ढुसीजन्य रोगका कारण यसको उत्पादन दिन प्रतिदिन घट्दै गइरहेको छ ।

मसला तथा आयुर्वेदिक औषधि बनाउनका लागि अलैंचीको प्रयोग हुने गर्छ । यसबाट मीठो सुवास आउने हुँदा तरकारीका लगायतका परिकार तथा अन्य खाद्यपदार्थलाई सुगन्धित बनाउन यसको प्रयोग गरिन्छ । घाँटीको समस्या, फोक्सोको रोकावट, आँखाका पलकमा हुने जलन, पाचनप्रणालीको समस्या तथा फोक्सामा हुने क्षयरोगको उपचारका लागि समेत अलैंचीको प्रयोग गरिन्छ ।

नेपालको पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती अहिले ३७ जिल्लामा विस्तार भएको छ । यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र प्रदेश नम्वर १ मा बाँकी तीन प्रतिशत मात्रै अरू जिल्लामा अलैंची खेती हुने गरेको छ । कूल १३ हजार एक सय ९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार चार सय ९८ हेक्टर अर्थात् झण्डै दुई लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन् । लगाएको तीन÷चार वर्षपछि अलैँचीले उत्पादन दिन शुरु गर्छ र निरन्तर २५÷ ३० वर्षसम्म यसले उत्पादन दिँदै आएको छ ।

नेपाल बाहेक भुटान, श्रीलंका, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ । विभिन्न प्रजातिका अलैंचीहरू इण्डोचीन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । पछिल्लो समय अलैंचीको व्यापारओरालो लागेको छ । जसका कारण किसान र व्यवसायी चिन्तित बनेका छन् । यसै विषयमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईसँग गरिएको कुराकानी ।

अलैंची किसान र व्यवसायीका पक्षमा राज्यले यस पटकको बजेटमा केही सम्बोधन ग¥यो ?
– नेपाल अलैंची व्यवसायी महासंघको २०७५ चैत १० गते धनकुटामा सम्पन्न महाधिवेशनले राजकुमार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित ग¥यो । यसले सटिक समयमा केही महत्वपूर्ण कार्यहरु गरेको छ । जसमध्ये नेपाल सरकारलाई अलैंची क्षेत्रमा भएका सम्पूर्ण समस्या र समाधानका बिषयमा हाम्रो तर्फबाट स्पष्ट माग राखेका छौं । जसमध्ये संघीय सरकारको बजेट आएको छ । यसले आंशिक सम्बोधन गर्न खोजेको छ भने प्रदेश र स्थानीय सरकारको बजेट आउन बाँकी नै छ । आशा छ यसले हाम्रा धेरै बिषय समेट्ने छ ।
किन उत्साहित छैनन् अलैंची खेती गर्ने किसान र व्यवसायी ?
– अलैंची कृषक निरुत्साहित छैनन् । मुनाफा लिन खोज्नु प्राकृतिक नियम नै हो । दरमा आएको केही गिरावटले गर्दा सामान्य असन्तुष्टि छ । व्यवसायी पनि बीचमा दरकै उत्तार–चडाबका कारण लगानी फस्ने भयले चिन्तित देखिएका मात्र हुन् ।
सधैं ओरालो लागेको लाग्यै छ त अलैंचीको बजार ?
– गत दुई बर्षदेखि औषत प्रति मन ३० हजारको हाराहारीमा अलैंचीको मूल्य छ । यो प्रयाप्त होइन । तर, यसलाई अरु कृषि उत्पादनसँग तुलना गर्ने हो भने कम पनि होइन । बीचमा प्रतिमन एक लाख १२ हजारसम्म भएकोले थोर भएको मात्रै हो । अलैंचीको मूल्य वृद्धिका लागि हाम्रो प्रयास जारी छ । यो भन्दा अरु झर्न नदिने काममा हामी लागेका छौं । कमसेकम ५० हजार प्रति मन अलैंचीको भाउ पु¥याउन सकियोस् भनेर नै हामी हाम्रो उत्पादनलाई तेस्रो मुलुक निकासीका लागि प्रयास गरिरहेका छौं । जुनदिन सफल हुन्छौं त्यसैदिन अलैंचीको मूल्य प्रतिमन २० हजार मूल्य बढ्छ । तर, यसमा हामीलाई सरकारको सहयोग जरुरी छ ।
ट्रेडमार्कको मुद्दा कहा पुग्यो ?
– ट्रेडमार्क (कलेक्टिभ) मार्क नेपाल सरकारबाट स्वीकृत भएर तीन देश भारत, पाकिस्तान र दुबईको लागि वकिल नियुक्त गरी दर्ता प्रक्रिया अगाडि बढेको छ । केही कानूनी र झन्झटिला प्रक्रियाले ढिला भइरहेको छ यसका लागि नेपाल सरकारसँग सहयोग मागेका छौं ।
चीन र भारतमा उत्पादित अलैंची कै कारण नेपालमा उत्पादित अलैंचीको बजार ओरालो लागेकै हो त ?
– चीनमा उत्पादन हुने अलैंची बिल्कुलै हाम्रोसँग मेल खाँदैन । तर, भारतले उत्पादन गरेको अलैंचीले चाहिँ हामीलाई समस्या पारेको हो ।
किन भारत मै निर्भर अलैंचीको व्यापार ?
– अलैंची मात्र होइन भारतसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ । खुल्ला नाका हुनु धेरै मेहनत गर्नु नपर्ने, भाषाको समस्या नहुने, शिलगडीका सबै अलैंची व्यवसायीको यहाँ अनिवार्य मण्डी हुनु, तेश्रो मुलुकको यथष्ट प्रयास नहुनु, तेश्रो मुलुक पु¥याउन पारवहनको झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने र यसमा सरकारको ध्यान नपुगेकाले पनि भारतमै हामी निर्भर हुनुपरेको अवस्था हो ।
अलैंची खेती गर्ने किसानको संख्या कति छ नेपालमा ?
– यकिन यतिनै भनेर ठ्यक्कै भन्न सकिन्न । तर, हाम्रो सर्वेक्षणले एक लाख ५० हजारसम्म हुनसक्ने बताउँछ ।
अनि कति अलैंची उत्पादन हुन्छ नेपालमा ?
– ५० लाख केजीको डाटा देखिन्छ । गत बर्ष चार अर्ब ८६ करोडको अलैंची निकासी भएको थियो । यस पटक केही वृद्धि हुने देखिन्छ ।
पछिल्ला वर्ष अलैंची खेतीको विस्तार भएकोे हो ?
– खास गरेर केही बर्ष अघिसम्म ९÷१० जिल्लामा उत्पादन हुने अलैंची हाल २५÷२६ जिल्लामा उत्पादन हुँदैछ । अहिले ३७ जिल्लामा उत्पादन हुने अवस्था छ ।
क्षेत्रफल बढे पनि अलैंचीको उत्पादन बढेको छैन भनिन्छ नि ?
– केही पुरानो ठाउँमा रोगको कारण बगान नष्ट हुने क्रम जारी छ । केही ठाउँमा उत्पादन बढेकोले औषत उस्तै छ । तर, उत्पादन बढेको तथ्याङ्कले देखाउँछ ।
किसान र व्यवसायीका खास समस्या चाहि के–के हुन् नि ?
– किसानको समस्या रोग पत्ता नलाग्नु, दक्ष प्राविधिक नहुनु, सिँचाइको समस्या, निरोगी बिरुवा नपाउनु, स्टोरेज गर्ने ठाउँ नहुनु, ऋणमा ब्याज अनुदान नहुनु, कृषकले सहजरुपमा पर्याप्त ऋण नपाउनु, आधुनिक भट्टी सहजरुपमा नपाउनु, अनावश्यक करको समस्या, उन्नत जातको बिरुवा नपाउनु जस्ता किसानका समस्या छन् । व्यवसायीका समस्या भनेको मूल्यको उतार चढाव हुनु हो । तलमाथि हुनु, नेपालको क्वारेन्टाइन भारतले नमान्नु क्वारेन्टाइनको लागि बिहारसम्म पु¥याउनुपर्ने झन्झट, भारतले न्यूनतम् मूल्य निर्धारण गरिनु, कृषि बस्तुमा लिन नमिल्ने जीएसटी अलैंचीमा भारतले एकलौटी लिनु, वैकल्पिक बजार नहुनु, अनुदानमा सरकार मौन रहनु, सुबिधासम्पन्न गोदाम घर नहुनु पनि व्यवसायीको समस्या हुन् ।
झापामा अलैंची व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा छ ?
– बिल्कुल छैन ।
अनि किन नेतृत्व बाहिरिए छ नि ?
– देशभित्रलाई कसरी बाहिर भन्न मिल्छ ? ।
महासंघको भवन निर्माण प्रक्रिया चाहि कहा पुग्यो ?
– भवन शिलान्यास भएको छ । महाअधिवेशन पश्चात् वर्षायाम शुरु भयो । अहिले हामी पूँजी जुटाउने क्रममा छौं । भदौबाट निर्माण प्रक्रिया शुरु हुन्छ ।
कहिलेसम्ममा भवन निर्माण सम्पन्न हुन्छ ?
– दुई बर्षभित्रमा सकिन्छ । रकम जुटाउन सकियो भने छिट्टै पनि हुन सक्छ ।
अबको यहाको योजना के छ ?
– म गफ गरेर हिँड्ने व्यवसायी होइन । काम गरेर गफ गर्ने व्यवसायी हुँ । कति काम गर्न सक्छु । तीन बर्षपछि समीक्षा गरौला । म चाहिँ सहजरुपमा गुणस्तरीय अलैंची उत्पादन गरी तेस्रो मुलुक निर्यात गर्ने सोचमा छु । सूचना केन्द्रसहितको आफ्नो भवन निर्माण गर्ने, सबैसँग समन्वय गरेर कार्यालय सञ्चालन गर्ने, संगठन मजबुत बनाएर जिल्ला शाखा चुस्त दुरुस्त राख्ने मेरो लक्ष्य छ ।

प्रस्तुति : सुरेन्द्र भण्डारी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here