काठमाण्डौँ ।
अनैतिक शारीरिक सम्पर्कका लागि युवती मिलाइदिन प्रहरीलाई रकम घूस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।
रौतहटका वीरेन्द्र चौधरी र रुपन्देहीका चक्रराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार उनीहरु शनिबार राति युवतीको खोजीमा रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको विपरीत दिशामा बसेर युवतीको खोजिरहेका थिए ।
सिंहदरबार वृत्तबाट गएका सादा पोशाकका प्रहरीलाई ‘केटी मिलाइदिए एक हजार दिने’ बताएपछि उनीहरुलाई पक्राउ गरिएको बुढाथोकीले बताएका छन् ।