एनएमसीको १८ लाख चोरी

0
1242

बिर्तामोड।

झापाको एक सहकारीबाट १८ लाख भन्दा बढी रुपैयाँ चोरी हुँदा समेत चोरीमा सम्लग्न व्यक्ति पक्राउ पर्न सकेका छैनन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) घैलाडुब्बा सम्पर्क कार्यालयबाट गत वुधवार १८ लाख ८० हजार ८ सय ९१ रुपैयाँ चोरी भएको थियो । सीसी क्यामेरामा चोरी गर्दै गरेको फुटेज देखिएपनि चोरीमा सम्लग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । चोरीमा संलग्नहरुको पहिचान भइसकेको भन्दै डिएसपी थापाले उनीहरुलाई छिटै पक्राउ गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here