काठमाडौं,
ग्वलः अर्थात् पौराणिक पाशुपत क्षेत्र। नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र।
गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । अन्नपूर्ण पोस्ट लेख्छ, पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरातात्त्विक महत्त्वका सम्पदा हराउन थालेका छन् ।
गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ। ‘पाशुपत क्षेत्रका नौ शक्तिपीठमध्येका महत्त्वपूर्ण दुई कोटेश्वरी र झम्केश्वरीको मूर्ति हराएको छ’ पशुपति सेवक संघका अध्यक्ष केदारमान भणडारीले भने, ‘हराएका अरु मूर्तिको त हिसाबकिताबै छैन।
२०४४ सालमा स्थापित पशुपति क्षेत्र विकास कोषको अध्यक्ष पर्यटन तथा नागरिक उड्डयनमन्त्री र संरक्षक प्रधानमन्त्री हुने व्यवस्था छ। पाशुपत क्षेत्रका पुरातात्त्विक सम्पदाको सुरक्षा गर्ने कोषकै हो। तर, कोष गठन भएपछि झन् धेरै मूर्ति र सत्तलजस्ता सम्पदा हराउन थालेको भण्डारी बताउँछन्
पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन। हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन।