डोटी,
गत वर्ष असार १९ गतेका दिन करेन्ट लागेर लागेर मृत्यु भएका जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका स्थानीयवासीले अहिलेसम्म राहत पाएका छैनन् ।
गाउँमा रहेको विद्युत्को पोल सार्ने क्रममा करेन्ट लागेर चाँसी गाउँका पाँच जना स्थानीयवासीको एकै चिहान भएको थियो । करेन्ट लागेर मृत्यु भएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले किरिया खर्चबापत जनही रु २५ हजार र आदर्श गाउँपालिकाबाट रु ३० हजारबाहेक अहिलेसम्म सरकारले कुनै राहत नदिएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासिचव दीपकबहादुर खड्काले बताउनुभयो ।
उक्त घटनामा परी सो गाउँपालिका–१ का ३० वर्षीय जयन्द्र खड्का, सोही गाउँका २३ वर्षीया नेपाल प्रहरी जवान लोकेन्द्र खडका, २४ वर्षीय वीरेन्द्र खड्का, २४ वर्षीय दीपबहादुर खडकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने २५ वर्षीय एक जना घाइते नारायण खड्काको काठमाडौँस्थित कान्तिपुर बर्निङ्ग अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियो ।
सरकारले समयमै राहत नदिए आन्दोलन गर्ने तयारीमा मृतकका परिवार रहेको बताइएको छ ।