मनसुन सक्रिय, झापासहित धेरै स्थानमा वर्षाको सम्भावना

२३ असार २०७६, सोमबार मा प्रकाशित

झापा ।

मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको छ । झापासहित देशका अधिकांश क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेषगरी पूर्व र मध्य क्षेत्रमा बढी पानी पर्ने देखिएको छ ।

पश्चिमका क्षेत्रमा भने केही कम पानी पर्नेछ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । पूर्वमा वर्षाभएसंगै किसान खुशी भएका छन् ।

असारको तेस्रो साता बितिसक्दा समेत मनसुन सक्रिय नहुदाँ रोपाई नभएपछि किसान निरास बनेका थिए । आइतबार रातीबाटै पूर्वका जिल्लामा वर्षा सुरु भएको मौसम विभागले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here