अब हरेक टिभीमा यूट्युब

८ श्रावण २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट उपलब्ध गराउने भएको छ । जसका लागि बल्र्डलिंङले नयाँ अफर स्वरुप यो कार्यक्रम लञ्च गरेको छ ।

मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका सेवाग्राहीलाई मध्य नजर गर्दै लिमिटेडले यस्तो अफर सञ्चालनमा ल्याएको वर्डलिंकको बिर्तामोड शाखा प्रमुख जीतेन्द्र कर्णले जानकारी दिनुभयो । ग्राहकलाई पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ र ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै यस्तो सेवा सञ्चालनमा ल्याएको कर्णले बताए ।

सेवा अन्तर्गत वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टि.भीमार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने बताइएको छ । यो सुविधा स्र्माट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध रहने बताइएको छ ।

हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुकालागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्दछन् ।

यो सुविधा प्रयोगकर्ताहरुले यटू्यबु स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।

यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने कर्णले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here